तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटि द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुटवल बहुमुखि क्याम्पस कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार बुटवल बहुमुखि क्याम्पसको प्राङणमा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो ।

क्याम्पस कमिटिका अध्यक्ष गोबिन्द रिजालले रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले अनेरास्ववियु राजनीतिक परिवर्तनसंगै सामाजिक काममा निरन्तर लागिरहेको बताए । अनेरास्ववियुले रगतको अभावमा कसैको ज्यान जान नपरोस भन्ने उदेश्यले रक्तदान जस्तो महत्वपूर्ण राखेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नबिन थापा सारु, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, रुपन्देही उपाध्यक्ष भरत अर्याल, जिल्ला कमिटि सदस्य सन्तोष अर्याल लगायतको सहभागीता रहेको थियो ।

विबेक कुंवरको अध्यक्षता र शसांक वस्यालको संयोजकत्वमा कार्यक्रम भएको कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित