तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

´गृहमन्त्रीले नियमानुसार पाउने सुरक्षालाई आचारसंहिताले रोक्दैन’

बहालवाला प्रधानमन्त्री, गृहमन्त्री तथा मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, बिपक्षी दलका नेताहरुलाई राज्यले दिनुुपर्ने सुरक्षा दिँदा निर्वाचन आचारसंहिता बिपरीत नहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री, गृहमन्त्री तथा मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, बिपक्षी दलका नेताहरु आफ्नो चुनावी क्षेत्र तथा चुनावी कार्यक्रममा जाँदा सरकारी सवारीसाधन प्रयोग गर्न नमिल्ने तर सुरक्षा भने पाउने बताए ।

गृहमन्त्रीले सुरक्षाकर्मी परिचालन गरि प्रचार–प्रसार गरेको गुनासो बारे प्रष्ट पार्दै कोइरालाले पदलाई नियमानुसार सुरक्षा दिनुुपर्ने बताउँदै सुविधा लिएको भनेर आचारसंहिताले नछेक्ने बताए । ‘उँहा (गृहमन्त्री) उम्मेदवार मात्र नभई देशको गृहमन्त्री पनि हो, गृहमन्त्रीले नियमानुसार पाउने सुरक्षालाई आचारसंहिताले रोकेको छैन’, उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा जाँदा झण्डा राखेर सरकारी साधन उम्मेदवारले प्रयोग गर्न नपाउने हो ।’

गृहमन्त्री बालकृष्ण खाँणले उम्मेदवारको हिसावमा जाँदा भने निजी सवारी साधन प्रयोग गरेका छन् । उनले सामान्य अवस्थामा पाउने सुरक्षा भन्दा निकै कम सुरक्षाकर्मी लिएर चुनाव प्रचारप्रसारमा हिंडिरहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलेले सुरक्षाको पोर्टोकलका आधारमा गृहमन्त्रीलाई पाउनुपर्ने सुरक्षा भन्दा पनि कम सुरक्षाकर्मी सुरक्षामा खटिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित