भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

प्रदेश स्तरीय खाद्य परिषद गठन गर्न माग

बुटवल, पुस २ । प्रदेश खाद्य परिषद गठनको कार्य अगाडि बढाउन माग गर्दै फियान नेपालले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई आग्रह गरेको छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दैै आएको फियानले आइतबार बुटवलमा छलफल र अन्तरक्रिया गरेर परिषद गठनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो । फियानले परिषद गठनका लागि तयार पारेको ड्राफ्ट पनि मन्त्रालयलाई बुझाएको छ ।
फियान नेपालका निर्देशक सुरेश गौतमले नयाँ बन्ने सरकार र कृषि मन्त्रालयले परिषद गठनलाई प्राथामिकतामा राख्न आग्रह गरे । ‘खाद्य ऐन मौलिक हक हो’ गौतमले भने, ‘कर्णाली प्रदेशले गठन गरिसक्यो । अन्य प्रदेशहरूले पनि काम अगाडि बढाएका छन । लुम्बिनीले पनि ढिलाई गर्न भएन ।’ कृषिको विकासको लागि परिषद अति आवश्यक छ ।
मन्त्रालयका भूमिस्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासिनीले मन्त्रालयले ड्राफ्ट तयार गरेर आन्तरिक मामिला मन्त्रालय पठाइएको बताए । संघीय सरकारले नियमावली नबनाउदा प्रदेश स्तरीय परिषद गठनमा समस्या भएको बताए । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन को कार्यान्वयनका लागि फियानले काम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित