कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

विकास संग बहस गर्न युवालाई एमाले उपाध्यक्ष पौडेलको आग्रह

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकाससंग बहस गर्न युवाहरुलाई आग्रह गरेका छन् । शनिबार बुटबलमा आयोजित रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको ८१ औं बैठक तथा सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको आवश्यकता भनेको बिकास भएको हुंदा युवाहरुलाई महिना एउटा विकास सम्बन्धी बहस सञ्चालन आगं्रह गर्नुभयो ।रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका उल्लेखनीय भएको दावी गरे ।
सामाजिक क्षेत्रमा निरन्तर काम गर्ने यि संस्थाहरुले बाताबरण संसरक्षण र प्रदुर्णमुक्त बनाउनका लागि प्लाष्टीकको प्रयोग अन्त्य गर्ने अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा लिला गिरी र भोजप्रसाद श्रेष्ठले सामाजिक क्षेत्रमा खोलिएका क्लबहरुले युवा लक्षित कार्यक्रम सन्चालन गर्न आग्रह गरे ।


समाज रुपान्तरमा युवाहरुको भुमिका महत्वपूर्ण भएको हुंदा युबाहरु जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रमा रोटयाक्ट डिष्टीका डिआर आर, लक्ष्मण खरेल, क्लवका संरक्षक राजेन्द्र ढकाल लगायतले मन्तब्य राखेका थिए । क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षयता, सचिब सिद्धार्थ आचार्यको सन्चालन, उपाध्यक्ष योगेन्द्र रायमाझीको स्वागतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकास पोखरेलले धन्यबाद ज्ञापन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित