तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चुनावको मुखमा झांक्रीलाई जिताउन कमान्डर भएका गौतम भ्रष्टाचारी ठहर

चुनावको मुखमा नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका शेषकान्त गौतम भ्रष्टाचारी ठहर भएका छन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमलाई आईतबर विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।

आईतबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको इजलासले गौतमसहित तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई कैद सजाय हुने फैसला सुनाएको छ। उनीहरू दुवैलाई जरिवानासमेत तिराउने फैसला भएको विशेष अदालतले जनाएको छ।
विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०१९ को दफा १९९२० बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले गौतम र चौधरी दुबै जनालाई ३र३ महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको दैनिकीलाई जानकारी दिए । गौतम र चौधरीले योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारमहरू ठीक छ भनी प्रतिवेदन दिएका थिए ।

गौतम मंसिर ४ को चुनावमा समाजवादीका नेता झाँक्रीलाई चुनाव जिताउन कमान्डर भएर हिडेँका थिए । उनी बामदेव गौतम पहिलो पटक गृहमन्त्री हुँदा उनको निजी सचिवालयमा काम गर्थे । सरकारी सेवामा भए पनि एमालेको राजनीतिमा जोडिएका उनी पछिल्लो समय भ्रष्टाचारको मुद्दा लागेपछि जोगिनका लागि भन्दै एमालेबाट विभाजन भएर सत्तारूढ बनेको समाजवादी पार्टीमा लागेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित