युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत

रुपन्देहीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारमध्ये अधिकांशको जमानत जफत भएको छ ।

५ क्षेत्रमा ९२ जना दलिय र ६३ जना स्वतन्त्र गरी १५५ जना उम्मेदवार रहेकोमा विजयी पाँच जना र अन्य ७ जना उम्मेदवारको मात्र जमानत जोगिएको छ ।

कुल सदर मतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नेको जमानत जोगिने र कम मत प्राप्त गर्नेको जमानत जफत हुने व्यवस्था छ ।

रुपन्देही-१ मा ३१ जना उम्मेदवार रहेकोमा निर्वाचित सुनिल लम्साल, कांग्रेसका हिराबहादुर खत्री बाहेक अन्य २९ जनाको जमानत जफत भएको छ । यहां एमालेका पूर्वप्रदेश सभा सदस्य रहेका एमालेका दधिराम न्यौपानेले पनि जमानत जोगाउन सकेनन् ।

क्षेत्र नम्बर २ मा ३९ जना उम्मेदवार रहेकोमा निर्वाचित सुलभ खरेल, एमालेका विष्णु प्रसाद पौडेल र कांग्रेसका चुन्न प्रसाद शर्मा बाहेक अन्य ३६ जनाको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर ३ मा ३६ जना उम्मेदवार रहेकोमा निर्वाचित डा.लेखजंग थापा बाहेक ३५ जना सबैको जमानत जफत भएको छ । यहाँ एमालेका पूर्व प्रतिनिधि सभा सदस्य एवं तिलोत्तमाका पूर्व लोकप्रिय मेयर बासुदेव घिमिरेले पनि जमानत जोगाउन सकेनन् ।

क्षेत्र नम्बर ४ मा २२ जना उम्मेदवार रहेकोमा निर्वाचित कन्हैया बनिया, एमालेका प्रमोदकुमार यादव र कांग्रेसका आशुतोष मिश्र बाहेक बाँकी १९ जनाको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर ५ मा २७ जना उम्मेदवार रहेकोमा निर्वाचित तौफिक अहमद खान, एमालेका खिमलाल भट्टराई र कांग्रेसका भरतकुमार शाह बाहेक बाँकी २४ जनाको जमानत जफत भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित