बुटवल हस्पिटलको सेवा र पूर्वाधार उत्कृष्ट : अफिन अध्यक्ष खड्का रूपन्देहीका विद्यालयमा सर्पदंश रोकथाम र सर्प संरक्षणबारे सचेतना अभियान बुटवल अटो इन्जिनियरिङ एशोसियसनको स्थापना दिवस : आज ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक  सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान
समाचार :

रूपन्देहीका विद्यालयमा सर्पदंश रोकथाम र सर्प संरक्षणबारे सचेतना अभियान

बुटवल। रूपन्देही जिल्लामा पछिल्लो समय सर्प देखिने र सर्पदंशका घटना बढ्न थालेपछि विद्यालयस्तरबाटै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

धार्मिक संस्था रुद्र गण को अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नवीन पौडेलले जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकलाई सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका हुन्।

कार्यक्रममा सर्पप्रति समाजमा रहेका भ्रम र अन्धविश्वास हटाउँदै वैज्ञानिक तथ्यमा आधारित जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। साथै, विषालु र अविषालु सर्प छुट्याउने आधार, सर्प देखिएमा अपनाउनुपर्ने सावधानी, सर्पदंशपछि तत्काल गर्नुपर्ने र गर्न नहुने कार्यबारे पनि सहभागीलाई जानकारी गराइएको थियो।

आयोजकका अनुसार सर्प संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्दै अनावश्यक रूपमा सर्पको हत्या नगर्ने तथा जोखिमको अवस्थामा सम्बन्धित निकाय वा उद्धारकर्तासँग सम्पर्क गर्ने संस्कार विकास गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

रूपन्देहीमा वर्षायामसँगै सर्पदंशका घटना बढ्ने भएकाले विद्यालयबाट सुरु गरिएको यो अभियान आगामी दिनमा जिल्लाका अन्य विद्यालय तथा समुदायस्तरसम्म विस्तार गरिने आयोजकले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित