दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन                
समाचार :

रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?

बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त गरेको छ ।

६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रुपन्देहीमा ६५.४२ प्रतिशत अर्थात ४ लाख ३९ हजार ९ सय ७६ जनाले मतदान गरेका थिए ।

समानुपातिकतर्फको मतगणना अनुुसार रास्वपाले २ लाख ४२ हजार ४ सय २ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ । जुन प्रत्यक्षभन्दा ५ हजार ३ सय २१ मत बढि हो । यो गणना भएको कुल मतको ५५ प्रतिशत हो । प्रत्यक्षतर्फ रास्वपाले ५ वटै क्षेत्रबाट २ लाख ३७ हजार ८१ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५१ हजार ९४९ मत अर्थात ११.८ प्रतिशत मत पाएको छ । अघिल्लो निर्वाचन २०७९ मा समानुपातिकमा पहिलो दल बनेको नेकपा एमाले भने अहिले ५१ हजार ५९६ मत अर्थात ११.७ प्रतिशत मतसहित तेस्रो स्थानमा खुम्चिएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २८ हजार ३१२ मत अर्थात ६.४ प्रतिशत मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले ११ हजार ३४८ मत अर्थात २.५ प्रतिशत मत पाएको छ । यस्तै रुपन्देहीबाट श्रम संस्कृति पार्टीले ८ हजार ३५६ मत, जनमत पार्टीले ७ हजार २६३ मत, जसपा नेपालले ६ हजार २६३ मत, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५५ मत ल्याएको छ । अघिल्लो निर्वाचनमा राष्ट्रिय दल बनेका दलहरूको अवस्था यसपटक धेरै कमजोर देखिएको छ ।

१२ उम्मेदवारले मात्र जोगाए जमानत

रुपन्देहीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारमध्ये अधिकांशको जमानत जफत भएको छ ।

५ क्षेत्रमा ९२ जना दलिय र ६३ जना स्वतन्त्र गरी १५५ जना उम्मेदवार रहेकोमा विजयी पाँच जना र अन्य ७ जना उम्मेदवारको मात्र जमानत जोगिएको छ ।

कुल सदर मतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नेको जमानत जोगिने र कम मत प्राप्त गर्नेको जमानत जफत हुने व्यवस्था छ ।

रुपन्देही-१ मा ३१ जना उम्मेदवार रहेकोमा निर्वाचित सुनिल लम्साल, कांग्रेसका हिराबहादुर खत्री बाहेक अन्य २९ जनाको जमानत जफत भएको छ । यहां एमालेका पूर्वप्रदेश सभा सदस्य रहेका एमालेका दधिराम न्यौपानेले पनि जमानत जोगाउन सकेनन् ।

क्षेत्र नम्बर २ मा ३९ जना उम्मेदवार रहेकोमा निर्वाचित सुलभ खरेल, एमालेका विष्णु प्रसाद पौडेल र कांग्रेसका चुन्न प्रसाद शर्मा बाहेक अन्य ३६ जनाको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर ३ मा ३६ जना उम्मेदवार रहेकोमा निर्वाचित डा.लेखजंग थापा बाहेक ३५ जना सबैको जमानत जफत भएको छ । यहाँ एमालेका पूर्व प्रतिनिधि सभा सदस्य एवं तिलोत्तमाका पूर्व लोकप्रिय मेयर बासुदेव घिमिरेले पनि जमानत जोगाउन सकेनन् ।

क्षेत्र नम्बर ४ मा २२ जना उम्मेदवार रहेकोमा निर्वाचित कन्हैया बनिया, एमालेका प्रमोदकुमार यादव र कांग्रेसका आशुतोष मिश्र बाहेक बाँकी १९ जनाको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर ५ मा २७ जना उम्मेदवार रहेकोमा निर्वाचित तौफिक अहमद खान, एमालेका खिमलाल भट्टराई र कांग्रेसका भरतकुमार शाह बाहेक बाँकी २४ जनाको जमानत जफत भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित