युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार

रुपन्देही । दाङको क्षेत्र नं ३ अन्तर्गतका २ वटा मतदान केन्दमा स्थानीयले मतदान बहिस्कार गरेका छन् ।

तीन निर्वाचन क्षेत्र रहेको सो जिल्लाका सबै केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहँदा क्षेत्र नं ३ को बबई गाउपालिका वडा न १ स्थित जनता माध्यमिक विद्यालय केन्द्र रहेको जिला केन्दमा १० वटा मात्र मतदान भएको छ भने बबई गाउँपालिका वडान ७ मलईमा रहेको देउती मावि तल्लो मलई मतदान केन्द्रमा हालसम्म १ मत पनि खसेको छैन ।

बबई गाउँपालिका वडा नम्बर १ र ७ का दुई केन्द्रमा स्थानीयले आफ्नो समस्या समनधान नहुँदासम्म मतदान नगर्ने अडानपछि मतदान प्रकृयामा समस्या भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले स्थानीयले वन्यजन्तुको पटक पटक आक्रमणमा परेको माग राखेका थिए, बस्ती स्थानान्तरणको माग गरेका थिए ।

यो विषय राजनीतिक दलसँग मात्रै नभएर जिल्लाका सुरक्षा अधिकारीहरुसँग पनि माग राखेका थिए तर समाधान नभएका कारण उनीहरुले बहिस्कार गरेका हुन् ।

दाङस्थित पत्रकार आलोक भाबुकका अनुसार स्थानीयले एक महिना अघि नै आफ्ना समस्या समाधान नभए मतदान नगर्ने जनाएको थिए । चुनाव आउनुभन्दा एक महिना अगाडिदेखि बस्ती स्थानान्तरण नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका स्थानीयहरू आफ्नो गुनासो राज्य पक्षबाट सुनवाई नभएपछि चुनावमा सहभागी नहुने अडानसहित निर्वाचन बहिष्कार गरेको बस्ती स्थानान्तरण सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारू मगरले बताए।

निर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित सबै ब्यवस्था मिलाइएर खटिएका कर्मचारीहरु विहान सातै बजेबाट तयारी अवस्थामा बसेपनि स्थानीय नआएपछि अलमलमा परेका हुन् । मतदान गर्न मतदाता उपस्थित नभए पछि त्यहाँको मतदान प्रक्रिया प्रभावित भएको देउती मावि मलईका मतदान अधिकृत टेकबहादुर खड्काले बताए । जहाँ पाँचसय ३० मतदाता छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अहिसम्म कोही मतदाता नआएको जनाए ।  अर्यालले स्थानीयको समस्या केही समयअघि प्रशासनमा आएर केन्द्रमा कुरा गरेपनि कानुनी प्रकृया मिलाउनु पर्ने भएकाले तत्काल समाधानको संभव नभएकोले समाधान नभएको र त्यही कारणले मतदाता सहभागी नभएको बताए ।

‘एक केन्द्रमा त अलिअलि आउनुभयो, एक केन्द्रमा आउनुभएको छैन, त्यहाँको संघर्ष समितिले पहिले नै माग राखेर आउनुभएको थियो, मैले केन्द्रमा समन्वय पनि गरेको हो तर मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्यो कानुन बनाएर नै गर्नुपर्ने भएकाले ढिलाई भयो उहाँहरुको माग सम्बोधन गर्न’ उनले भने ।

दाङ क्षेत्र नं ३ मा कांग्रेसबाट पूर्व सिंचाई मन्त्री दीपक गिरी, नेकपाबाट लुम्बिनी प्रदेश पूर्वअर्थमन्त्री धनबहादुर मास्की, एमालेबाट तुलसीपुर उपमहानगरका पूर्वमेयर घनश्याम पाण्डे र रास्वपाबाट कमल सुवेदी उम्मेदार रहेका छन् ।

४ बजेसम्म जिल्लामा २ लाख २२ हजार १२ मत खसेको छ। क्षेत्र नम्बर १ मा ७२ हजार ३१०, क्षेत्र नम्बर २ मा ६९ हजार ३३७, क्षेत्र नम्बर ३ मा ८० हजार ३६५ मत खसेको छ। ४ लाख ३१ हजार ६ सय ८६ जना मतदाता रहेका छन् भने हाल कुल मतदाताको संख्या २ लाख २२ हजार १२ मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द कुवँरले जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित