तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’ चुन्नप्रसाद शर्मा पौडेलः सफल व्यवसायीदेखि पहिलो पटक उम्मेदवार सम्म — संघर्ष, सफलता र सार्वजनिक यात्राको कथा विष्णु पौडेलको प्रतिबद्धता पत्र : कालीगण्डकी तिनाउ डाइभर्सन शुरू गर्नेदेखि एकीकृत सहरी पूर्वाधार निर्माणसम्म गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा, ९९ प्रतिशत विद्युतीकरण टप हाइड्रो–मेकानिकल इन्जिनियर सुरज पाण्डे रुपन्देही–२ बाट निर्वाचनमा रात्रिकालिन सेभेन–ए साईड फुटवल गर्दै बुटवल पब्लिक स्कुल गोकर्णले देखेको सपना पूराः गुल्मी बिद्युतको राष्ट्रिय प्रसारणमा जोडियो ४ अर्ब ५० करोड लगानीमा बनेको एडभान्स इन्टरनेशनल हस्पिटल बैशाख १ गतेबाट सञ्चालनमा आउने  कर्मले चिनिएका ‘चुन्न’                
समाचार :

गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’

नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं २ का उमेद्वार गोकर्ण बिष्टले आफ्ना नेता तथा कार्यकर्तालाई सम्यमता अपनाउन आग्रह गरे । उनले घरदैलो अभियानको क्रममा सवैको विचारको सम्मान गर्दै मतदातासंग आफ्ना अर्थपूर्ण र मन जित्ने तर्क गर्नुपर्नेमा जोड दिए । आफ्ना बिचार शिष्टपूर्ण रुपमा राख्ने र जनताको मत जित्ने लोकतन्त्रको सुन्दर पक्ष भएकाले भावना र उत्तेजनामा नआई सुर्य चिन्हको पक्षमा मत माग्न नेता कार्यकर्तालाई बिष्टले निर्देशन दिए ।

अराजकताले कसैलाई पनि गन्तव्यमा नपुराउने भएकाले स्वच्छ प्रतिस्प्रर्धानै उत्तम विकल्प भएको बिष्टले बताए । उनले पटक–पटक संसद र सरकारमा आम मतदाता तथा पार्टीको मायाले पुगेको स्मरण गर्दै प्राप्त अवसरलाई मतदाताकै हितमा लगाएको दावी गरे । उनले धेरै पटक उमेद्वार बन्ने बिषयमा जनतामो माया र विश्वास भएको तर्क गर्दै पार्टी र देशै नेतृत्वमा पुग्ने बिषयले निर्वाचन क्षेत्रका नागरिकलाई बेफाइदा नहुने बताए । ‘म अहिले जुन अवस्थामा छु त्यो आम नेता कार्यकर्ताको माया र सद्भावले हो,’उनले भने,‘भोली मेरो भूमिका अझै बृद्धि हुँदै जाँदा पक्कै निर्वाचन क्षेत्रका नागरिकलाई बेफाइदा हुँदैन् ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित