रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्ट मतदातासँग ‘सुन्दै सुनाउँदै’ अभियान लिएर सहरका युवा तथा आम मतदातालाई भेटघाट गरिरहेका छन ।

गाउँकै मतदाता भएपनि अध्ययन, रोजगारी र व्यापारका लागि रुपन्देहीको बुटवलमा बस्ने गुल्मेली धेरै छन् । मनोनयनपछि आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँमा पहिलो चरणको भेटघाट सकेर विष्ट विभिन्न सम्पर्क मञ्च मार्फत बुटवलका मतदाता भेटिरहेका छन । सहरमा बसेपनी आम मतदाताले गाउँका समस्या बिष्टलाई राखेका थिए ।

बिष्टले बुटवलमा गुल्मी धुर्कोट-रुपन्देही सम्पर्क समाज, इस्मा-रुपन्देही सम्पर्क समाज, मदाने-रुपन्देही सम्पर्क समाज, मालिका-रुपन्देही सम्पर्क समाज, मुसीकोट-रुपन्देही सम्पर्क समाज, रेसुंगा-रुपन्देही सम्पर्क समाजमार्फत् मतदाताहरुसँग भेटघाट र छलफल गरिरहेका छन ।

आम मतदाताले गाउँमा जंगली जनावरले सताएको, राम्रो अस्पताल नभएको र गुणस्तरीय शिक्षा नभएका कारण भएको बढ्दो बसाइँसराइको बारेमा उम्मेदवार बिष्टको ध्यानाकर्षण गराएका थिए । सिङ्गो पालिकाका मतदताले आफ्ना उमेदवारसँग खुलेरै समस्या राख्ने अवसर भएकाले भेटघाट निकै उपलब्धिमुलक रहेको बुटवलमा बस्दै आएका मदाने गाउँपालिका-२ बाझकटेरीका मदन भुसालले बताए ।

मतदाताको बीचमा बिष्टले विगतमा आफुले गरेका कामको फेएरिस्त बताउँदै आफ्नो क्षेत्रका बाँकी रहेका केही अधुरा काम पूरा गर्न पुनः उमेदवार बनेको बताएका थिए । गुल्मीमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै नेता बिष्टले अबको योजना मानवीय विकास, नीतिगत सुधार, आयआर्जन र रोजगारी सृजनामा केन्द्रित हुने बताए ।

अहिलेसम्म मदन भण्डारी राजमार्गसहित दर्जनौ पुल, गाउँ-गाउँमा सुरु भएको कालोपत्रे, लिफ्ट मार्फत खानेपानीको पहुँच वृद्धि, खरका छाना विस्थापन, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, विद्युतिकरण र राष्ट्रिय प्रसारण लाइन विस्तार लगायतका काम भएकाले अब आर्थिक सामाजिक विकासका अरु सुचकमा काम गर्नुपर्नेमा बिष्टले मतदाताबिच प्रतिबद्धता व्यक्त गरे ।

बिष्ट अहिले पाचौं पटक चुनावी प्रतिस्पर्धामा छन । उनी २०५६ सालयता भएका निर्वाचनमध्ये २०६४ सालको संविधानसभा निर्वाचनबाहेक २०५६, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा विजयी बनेका छन । बिष्टको निर्वाचन क्षेत्रमा कुल एक लाख सात हजार ३६३ मतदाता छन् । भने ६२ वटा मतदानस्थल र १२९ वटा मतदान केन्द्र रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित