रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन्

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही–२ मा उम्मेदवार ईन्जिनियर सुरज पाण्डेले भौतिक विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

उद्योग, व्यापार र सेवाका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वधार निर्माण गर्ने योजना उनले अघि बढाएका छन् । ‘अब आधुनिक पूर्वधार निर्माण मेरो प्राथमिकतामा रहनेछ’ उनले भने ।

आईटी उद्योग विस्तार गर्दै डाटा सुरक्षा, डिजिटल सेवा र रोजगारी सृजना गर्ने उनले बताए । त्यस्तै उनले नीति तथा कार्यक्रममा उद्योगमैत्री सीप विकास गरी तालिम मार्फत योग्य र प्रतिस्पर्धी कार्यबल तयार गर्ने, होटल, रेष्टुरेन्ट, धार्मिक र प्रकृति पर्यटन विस्तार गर्ने आफ्नो योजना रहेको उनले बताए ।

‘यसो हुँदा स्थानिय अर्थतन्त्र मजबुत मात्र हुँदैन । नयाँ नयाँ रोजगारीका अवसरहरु समेत सिर्जना हुनेछ’ उनले भने ।


बजारको परिर्वतन अनुसार छिटो अनुकुलन हुने नीतिगत र संंस्थागत संरचनाको विकास पनि आफ्नो प्राथमिकतामा रहेको बताए । जलविद्युक्तलाई प्रविधि, मुल्य अभिबृद्धि र उद्योग सँग जोडेर आर्थिक मेरुदण्ड बनाउने उनको भनाई छ । स्वास्थ्यलाई सर्वसुलभ बनाउँदै गुणस्तरिय अस्पताल, मेडिकल कलेज र स्वासथ्य सेवा मार्फत क्षेत्रीय स्वास्थ्य केन्द्र बनाउन आफुले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

साथै उनले विश्वस्तरिय शिक्षा सँग जोडिदैै विदेशी विश्वविद्यालयका क्याम्पस देशमा स्थापना गर्ने योजना अघि सारेको बताए ।

पेशाले मेकानिकल इन्जिनियर तथा सफल उद्योगपति रहेका पाण्डे काठमाडौँ विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका छन् ।

त्यस्तै उनले इटालीमा इरास्मस छात्रवृत्तिमार्फत मास्टर्स पूरा गरेका छन । पूर्वाधार, ऊर्जा, सीप, डिजिटल रूपान्तरण, स्वास्थ्य, पर्यटन र शिक्षामार्फत समृद्ध रुपन्देही निर्माणको स्पष्ट दृष्टिकोणसहित उज्यालो नेपाल पार्टीबाट रुपन्देही–२ मा आफु उम्मेदवार बनेबो उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित