तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

“जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै अब मानवीय बिकास र रोजगार प्रवर्द्धन आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचाका लागि रुपन्देही क्षेत्रनम्बर-२ का उम्मेद्वार पौडेलले रुपन्देहीमा ठूला भौतिक पूर्वाधारहरु निर्माणको योजनाहरुलाई सम्पन्न गर्ने, औद्योगिक बिकास र मल्टिनेशन कम्पनीहरुलाई लगानीका लागि आह्वान गर्दै रोजगार सिर्जना गर्नका लागि ध्यान केन्द्रित गरिने बताए ।

एमालेको बुटवल-११ देवीनगर तथा बुटवल-१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै पौडेलले भने- “रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाहरुको बिकासले अब सम्पन्नताको अवस्थामा पुग्दैछ । यसले मात्रै प्रयाप्त हुँदैन, यहाँको आयस्तर वृद्धि गर्ने कुरा, रोजगारी र स्वरोजगार सिर्जना गर्ने खालका योजनाहरुमा मेरो ध्यान केन्द्रित हुनेछ ।” उनले जेनजी आन्दोलनको मुख्य मागनै रोजगारी रहेको बताउँदै त्यसलाई पूरा गर्नेगरी ध्यान केन्द्रित गरेको उल्लेख गरे । रुपन्देहीका जनताले अब विश्वस्तरको जीवनशैलीमा बाच्न पाउनु पर्ने बताउँदै उनले यहाँका महत्वपूर्ण र ठूला योजनाहरुलाई पूरा गर्ने सवालमा आफूले कुनै कसर बाँनी नराख्ने र अबको ध्यान रोजगार प्रवर्द्धनमा केन्द्रित गर्ने

बुटवलमा निर्माणाधिन मुलुककै ठूलो १२ तलाको लुम्बिनी प्रादेशिक अस्पताललाई सम्पन्न गर्ने, बुटवलदेखि पोखरासम्मको सडकलाई २ घण्टामै यात्रा गर्न मिल्नेगरी बिस्तार गर्ने, बुटवल-गोरुसिंगे सडक बिस्तार, बुटवल-नारायणगढ सडक बिस्तारको काम सम्पन्न गर्ने, तिनाउ पुलमा सिग्नेजचर ब्रिज निर्माण गरि पर्यटकीय गन्तव्य बनाउने, मेडिकल कलेज स्थापना लगायतका ठूला परियोजनाहरुलाई अगाडि बढाउन आफूले गरेको योगदान बारे यहाँका मतदाताहरु जानकारनै रहेको विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि जनताको साथ पाउनेमा विश्वस्त रहेको उल्लेख गरे । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान गराउने, बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चमलन तथा औद्योगिक क्षेत्रको बिकाससँगै रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित