तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न

बुटवल । गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एडमण्ड सिटी अस्पतालको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार केन्द्र बुटवलको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।

समाजका अध्यक्ष विष्णुप्रसाद पन्तको अध्यक्षता तथा छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष पाण्डेले समाजले सामाजिक क्षेत्रमा गरेको कार्य प्रसंशनिय रहेको बताए ।


उनले समाज रुपान्तरणको अभियानमा समाज कटिबद्ध भएर लाग्न सुझाव समेत दिए ।

समाजका अध्यक्ष विष्णुप्रसाद पन्तले समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै बार्षिक कार्य योजना अनुसार रक्तदान, सरसफाई, सहयोग वितरण जस्ता कार्यक्रम गर्दै आएको बताए । रक्तदान कार्यक्रमका संयोजक ईश्वरी पौडेलले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना बताए ।

त्यस्तै एडभण्ड सिटी हस्पिटलका अध्यक्ष प्रकाश रानाले सामाजिक कार्यमा समाज सँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए । सो अवसरमा हस्पिटल र समाज बीच उपचार छुटमा सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

कार्यक्रम रमेश सिटौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित