तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

क्याननमा ‘फुड कर्निभल’

बुटवल– बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार  ‘फुड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा  १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कर्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो । फेस्टिभलको वेस्टर्न मेगा कलेजका प्राचार्य खिशु शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटनका अवसरमा बोल्दै वेस्टर्न मेगा कलेजका प्राचार्य शर्माले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु सजिलै उद्यमी बन्न सक्ने बताए । उनले फुड फेस्टिभलमा समेत विद्यार्थीहरुले आफ्नो सिर्जनशिलता प्रस्तुत गरेको बताउँदै होटल म्यानेजमेन्ट शिक्षाले उद्यमशिलता, सिर्जनशिलता र नेतृत्व विकास गराउने बताए ।

यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननले होटल म्यानेजमेन्ट मार्फत होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी देशको अर्थतन्त्रमा टेवा पुर्‍याएको विश्वास व्यक्त गरे ।
उनले शिक्षा भनेको आत्मनिर्भर र सिपमुलुक हुनुपर्ने आवाज उठिरहेको बेला कक्षा ११ र १२ का विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए ।

विद्यालयका प्राचार्य शंकर भण्डारीले पछिल्लो समयमा क्याननले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै केन्द्रीत नगराई यस्ता व्यवहारिक र रचनात्मक कार्यक्रमहरु मार्फत खँदिलो र दरिलो संस्थाका रुपमा उभ्याउन पाएको बताए । उनले विद्यार्थीहरुलाई सिप र क्षमताले युक्त बनाउन विभिन्न कार्यक्रम गर्दै आएको बताए । ‘आजका विद्यार्थीलाई कक्षाकोठामा राखेर दिईने सैद्धातिक ज्ञानले मात्रै पुग्दैन’ उनले भने –‘लर्निङ बाई अर्निङ’ को सोच अनुसार कार्यक्रम गरिएको छ ।’ उनले आफूहरुलाई यस्ता कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरुबाट सहयोग पाएको बताए ।

फुड कर्निभलमा विद्यार्थीहरुले ८ वटा स्टल राखेका थिए । विद्यार्थी आफैले परिकार बनाउनेदेखि टिकट विक्रि समेत गरेर परिकारहरु बिक्रिको काममा खटिएका हुन् । स्टलमा जातीय संस्कृतिका परिकारदेखि विभिन्न खालका परिकारहरु राखिएको कक्षा ११ र १२ व्यवस्थापन संकायका संयोजक पवन बस्यालले बताए ।

फुड कर्निभलसँगै विद्यार्थीहरुले विभिन्न गित संगित तथा नृत्यहरु प्रस्तुत गरेका थिए । साथै आईतबार नै प्रि–नर्सरीदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक तथा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।

क्यानन माविले यसअघि क्यानन आईटी क्वीज, दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिता, डिजाईन च्यालेञ्ज वर्कसप जस्ता कार्यक्रमहरु गरिसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित