तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार

नेकपा एमालेले रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।​

रूपन्देही क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य दधीराम न्यौपाने, रूपन्देही २ बाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल र क्षेत्र नम्बर ३ मा वासुदेव घिमिरे उम्मेदवार बन्ने टुंगो लागेको हो ।

यस्तै क्षेत्र नम्बर ४ मा महिला नेतृ सुनीत ठठेर र क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराई उम्मेदवार बन्ने भएका छन् ।

एमाले सचिव छविलाल विश्वकर्मा उम्मेदवार नबन्ने घोषणा गरेसँगै न्यौपानेलाई पार्टीले अघि सारेको हो ।

यस्तै क्षेत्र नम्बर ३ उम्मेदवार घिमिरे यसअघि क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए । उनी तिलोत्तमा नगरपालिकाका पूर्वमेयर तथा युवा नेता हुन् ।

क्षेत्र नम्बर ४ की उम्मेदवार ठठेर पूर्वप्रदेशसभा सदस्य हुन् ।

यस्तै क्षेत्र नम्बर ५ मा भट्टराई पूर्व राष्ट्रियसभा सदस्य हुन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

अन्ततः उनले रूपन्देही २ बाटै प्रतिस्पर्धा गर्ने भएका छन् ।

योसँगै ५ वटै क्षेत्रमा उम्मेदवारको टुंगो लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित