तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट

बुटवल । नेकपा एमालेको सचिवालय बैठकले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। केही साताअघि मात्रै सामाजिक सञ्जालमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका घिमिरेले अन्ततः एमालेबाटै टिकट सुरक्षित गरेका हुन्।

गत पुस १५ गते घिमिरेले फेसबुकमार्फत एमालेको सबै जिम्मेवारी त्याग गरेको घोषणा गर्दा एमाले वृत्तमा हलचल मच्चिएको थियो। उनले आम जनताको चाहना सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण र पुस्तान्तरण भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट नागरिकको अपेक्षा सम्बोधन हुने अवस्था नदेखेकाले आफू अलग भएको बताएका थिए। त्यतिबेला उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने र रुपन्देही-३ बाटै चुनाव लड्ने तयारीमा रहेको चर्चा बुटवलमा निकै तातिएको थियो।

रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभाका पूर्व सदस्य तथा तिलोत्तमा नगरपालिकाका तत्कालीन प्रमुख समेत रहेका घिमिरेले पार्टी छाड्दा एमालेको गढ मानिएको रुपन्देहीमा ठुलो धक्का लाग्ने विश्लेषण गरिएको थियो। घिमिरेको उक्त घोषणा लगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल उनलाई फकाउन र पार्टी काममै फर्काउन सक्रिय भएका थिए ।

पुस १८ गते उपाध्यक्ष पौडेलसहितका नेताहरूसँग बुटवलमा भएको लामो छलफल र निकटस्थ कार्यकर्ताहरूको निरन्तर दबाबपछि घिमिरे आफ्नो निर्णय फिर्ता लिन तयार भएका थिए। पार्टीमा फर्किएपछि उनले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै आवेगको निर्णय सार्वजनिक गरे पनि आफू मन, वचन र कर्मदेखि नै एमालेमै रहेको बताएका थिए। उनले आफूले पार्टीमा काम गर्नका लागि कुनै पदको बार्गेनिङ नगरेको दाबी गरे पनि अन्ततः उनले रोजेकै क्षेत्रबाट उम्मेदवारी पाउन सफल भएका छन्। पार्टी छाड्ने’घुर्की’ र घोषणाले उनले अहिले एमालेको टिकट पाउनेसम्मको स्थिति बनेको रुपन्देहीका एमाले नेताहरू बताउँछन् ।

उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा रुपन्देही-३ बाट वासुदेव घिमिरे र क्षेत्र नं. ५ बाट खिमलाल भट्टराईको नाम तय भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित