विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

अक्षरमा क्षमता अभिबृद्धि तथा उद्घोषण कार्यक्रम

बुटवल । बुटवलको कालिकानगरमा रहेको अक्षर इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक कर्मचारीका लागि एक दिने क्षमता अभिवृद्धि तथा स्टेज उद्घोषण कार्यक्रम गरेको छ ।
अक्षर स्कुलले आफ्ना शिक्षक कर्मचारीको क्षमता तथा सीप विकाससँगसँगै अभिभावक, विद्यार्थी र शिक्षकबिच मुस्कान सहितको संवादका लागि क्षमता अभिवृद्धिसँगै उद्घोषण तालिम दिएको हो ।
अक्षर इन्टरनेशनल स्कुल संचालक समितिका अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अक्षर इन्टरनेशनलसँग आवद्ध कालिका नगरमा रहेको र पारि बुटवल रहेका दुई विद्यालयका डेढ दर्जन महिला शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा मोटिभेशनल स्पीकर तथा पत्रकार झविन्द्र देवकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा बोल्ने कला, स्टेज उद्घोषण, संस्थागत संरचना, संस्थागत पदाधिकारीको काम कर्तब्य र भुमिकालगायतका विषयमा सहजिकरण गरेका थिए । अक्षर स्कुल कालिकानगरका प्रधानाध्यापक सोनम पाठकले स्वागत गर्नु भएको तालिम कार्यक्रममा विद्यालयका शिक्षक सुनिता घिमिरे, तारा खरेल, प्रतिमा राना, सिता रायमाझी, मिरा पन्थी लगायतले तालिम उपयोगि र फाईदाजनक भएको उल्लेख गर्दै आगामी दिनमा पनि तालिमको अवसर दिन विद्यालयसँग अनुरोध गरे । विगतमा गुरुकुल एकेडेमिका नामले संचालमा रहेको स्कुल अहिले अक्षर इन्टरनेशनका नाममा पुरानै संस्थापन समुहले विद्यालय संचालनको जिम्मा लिएको छ । गुरुकुल एकेडेमीनै अक्षर स्कुलका रुपमा संचालनमा आएको संस्थापक अध्यक्ष अमरनाथ पाठकले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित