मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने

बुटवल । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक मोटिभेशनल कार्यक्रम गर्ने भएको छ । क्लबले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म बुटवल उपमहानगरभित्रका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो ।
क्लबले मंसिर २४ गते बुटवल ११ स्थित प्रगति माध्यमिक विद्यालय, २५ गते बुटवल १७ को नमुना गौतम जनशक्ति आधारभूत विद्यालय, २६ गते नबिन औद्योगिक कदर बहादुर सिता माध्यमिक र सूर्यदय आधारभूत विद्यालयमा कार्यक्रम गर्ने छ ।
उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । क्लबका अध्यक्ष जयदिप न्यौपानले क्लबले स्थापनाकालदेखि नै सामाजिक कार्यक्रम गर्दै आइरेको बताउँदै अहिले गर्न लागेको लागुऔषध दुव्र्यसनी सम्बन्धी कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको बताए ।
पछिल्लो समयमा विद्यालयका तहका विद्यार्थीहरु लागु औषधमा फस्ने गरेकोले विद्यार्थीहरुलाई सचेत गराउनका लागि विद्यालयमा नै गएर कार्यक्रम गर्न लागेको बताए ।
बुटवल ११ को अव्यवस्थित बसोबासीका कारणले पनि त्यहाँ बस्ने बालबालिकाहरु विभिन्न गलत गतिविधि संलग्न हुने क्रममा बढेकाले बुटवल ११ र अव्यवस्थित बसोबासी भएका क्षेत्रलाई लक्षित गरि कार्यक्रम गरेको अध्यक्ष न्यौपानेले बताए ।
यस्तै अध्यक्ष न्यौपानेले सामाजिक संजालले पनि बालबालिकालाई विभिन्न अपराधिक गतिविधि गर्न प्रेरित गरेकाले अभिभावकले विशेष ख्याल गर्न लागेको बताए । सचेतामूलक कार्यक्रममा आस्था समूहका सुमन हिताङ र सुमित कार्कीले मोटिभेशनल कार्यक्रम माफर्त विद्यार्थीहरुलाई सचेत गराउने क्लबका सचिव रमेश महराले बताए ।
सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको क्बलले समाजका विपन्न वर्गका बालबालिकालाई सहयोग, बुटवललाई हरियाली बनाउन विभिन्न स्थानमा बृक्षारोपण तथा रक्तदान लगायतका काम गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित