रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

समिट ईङलिस बोडिङको ३२ औं बार्षिक उत्सव सम्पन्न

बुटवल । बुटवल गोलपार्क स्थित समिट इङ्गलिस बोर्डिङ्ग स्कूलको ३२ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज गौतमको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि अर्यालले अहिलेको शिक्षा प्रविधिमैत्री हुनुका साथै प्रयोगात्मक हुनुपर्ने बताइन्। समयक्रम सँगै शिक्षक/शिक्षिकाहरुको क्षमता अभिबृद्धि हुनुपर्ने बताउँदै उनले शिक्षकहरुलाई अब एआई, च्याट जिपिटी जस्ता प्रविधि सँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको बताइन् ।

बुटवल उपमहानगरपालिकाले शिक्षाको रुपान्तरणका लागि प्रयोगात्मक शिक्षण सिकाईका लागि योजना बनाएको बताइन्। । उनले विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभई व्यवहारिक ज्ञान तर्फ अग्रसर गराउन शिक्षकहरुलाई सुझाव दिइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज गौतमले शिक्षक, विद्यार्थीको मेहनत एवं अभिभावकको विश्वासकै कारण समिट इङ्गलिस बोर्डिङ्ग स्कूलले शिक्षा क्षेत्रमा फड्को मारेको बताए । स्कूलका प्राचार्य टंकप्रसाद रेग्मीले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षण क्रियाकलापमा जोड दिएको बताए ।

साथै उनले शिक्षाको गुणात्मक विकासका लागि समय समयमा शिक्षकहरुलाई तालिम समेत प्रदान गर्दै आएको बताए । स्कूलकी सह प्राचार्य पार्बता खनालको स्वागत तथा शिक्षिका सुनिता ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा जेष्ठ अभिभावक गणेशप्रसाद खनाल र गंगादेवी रेश्मीलाई सम्मान गरिएको थियो ।

त्यस्तै शिक्षक सम्मान पनि गरिएको थियो । विद्यालयमा २० वर्ष सम्म अध्यापन गराएका ६ जना, १५ वर्ष अध्यापन गराएका ७ जना, १० वर्ष अध्यापन गराएका २ जना र ५ वर्ष अध्यापन गराएका ३ जना गरी १८ जना शिक्षक/शिक्षिकालाई सम्मान गरेको विद्यालयका प्राचार्य टंक प्रसाद रेग्मीले जानाकारी दिए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार राधारमण प्रसाद अग्रहरी, पूर्व प्राचार्य तथा सल्लाहकार राजेन्द्र प्रसाद श्रीवास्तव, निवर्तमान अध्यक्ष शम्भु पन्त, पूर्व उपाध्यक्ष टोपलाल खनाल, अभिभावक लक्ष्मी न्यौपाने, भूपू विद्यार्थी परिवारका संस्थापक अध्यक्ष सागर पाण्डे लगायतले बोलेका थिए ।

सो अवसरमा शैक्षिक सत्र ०८१ मा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयमा हाल ६५० विद्यार्थीहरु रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित