तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै

नेकपा एमालेले आगामी सनिवार देशभरका जिल्लाहरुमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ ।

सोहि क्रममा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरुमा सनिवार जनसभा र प्रदर्शन आयोजना गरेको हो । रुपन्देहीमा पनि सनिवार बुटवलमा जनसभा हुंदै छ ।

नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मिन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन बिरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताए । पौडेलले सनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागि हुन आग्रह गरे ।

जनसभाको क्रममा बुटवल राजमार्ग चौराहबाट युवाहरुले मार्चपास गर्ने कार्यक्रम रहेको छ । पौडेलका अनुसार एमालेले यसपटकको प्रदर्शनलाई जागरण अभियानको रुपमा अघि बढाएको हो ।

एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभरी जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार गत २२ गते देशभरका वडा तथा २५ गते पालिकाहरुमा भेला र जनप्रदर्शन सम्पन्न गरिसकेको छ । सनिवार सबै जिल्लाहरुमा प्रदर्शनपछि मंसिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने एमालेले तयारी गरेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित