रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

ग्रेसको स्थापनामा रक्तदान, ७३ युनिट संकलन

बुटवल । ग्रेस इन्टरनेसनल बुटवलले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बुटवल–६, अमरपथस्थित ग्रेस इन्टरनेसनलको परिसरमा आयोजित कार्यक्रममा कर्मचारी, विद्यार्थी र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए।

“मानवताको लागि रक्तदान, मानव सेवामा हातेमालो” भन्ने नारासहितको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही र नेपाल रक्तसंघ लुम्बिनीको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रममा ७३ युनिट रगत संकलन भएको ग्रेस बुटवलका म्यानेजिङ डाईरेक्टर इश्वर भट्टराईले जानकारी दिए।

 

महिला रक्तदाताहरूको उल्लेखनीय सहभागीता रहेको बताउदै उनले स्वास्थ्य परीक्षणपछि सुरक्षित रूपमा रक्तदान गराइएको बताए।

ग्रेसले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउदै आफ्नो स्थापना दिवसको अवसरमा पाल्पाको तीनाउ गाउँपालिका नुवाकोटमा रहेको रुपा प्राविमा निजि क्षेत्रबाट शिक्षक राख्ने र पारिश्रमिक दिने बताएको छ।
सोही अवसरमा विद्यार्थीहरुसंग वर्षिकोत्सव मनाउने बताउदै उनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, कम्प्युटर सेट एक थान र न्यानो कपडा बितरण गरिने जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित