बुटवल । बुटवलमा ३ अर्ब ५० करोडको लगानीमा पाँच तारे हायात प्यालेस सञ्चालनमा आएको छ ।
२५ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु भएको ५ बर्षपछि हायात प्यालेस सञ्चालनमा आएको हो । ग्लोवल आइएइ बैंक र होटल स्याफ्रोनको संयुक्त लगानीमा निर्माण भएको हाटलमा एक रातमा २५० जनाले बास बस्न सक्नेछन् ।
होटलका सञ्चालक चुन्नप्रसाद शर्माले केही महिना भित्रै क्यासिनो सञ्चालन गरिने गरी काम भइरहेको बताए ।
होटलमा चारवटा विशेष बास्तुकला स्तम्भ समेत बनाइएको छ ।
यी स्तम्भहरु शक्ती र स्थिरताको प्रतिक रहेको उनले बताए । उनले स्तम्भहरु बौद्ध दर्शनका चार आर्य दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ बाट लिइएको हो । साथै स्वागत कक्षमा कलाकृति नेपालको पहाडि चराबाट बनाइएको छ । यसले स्वतन्त्रता र प्राकृतिक सौन्दर्यलाई दर्शाउँने उनले बताए ।

कुल १०९ वटा अतिथि कक्ष र सुईटसहरु रहेको होटलमा बोधी बृक्षको पातको आकृति जस्ता स्थानिय सांस्कृतिक तत्वहरु समेत बनाइएको छ । प्यालेसमा ११ सय बर्ग मिटर भन्दा बढि क्षेत्रफलमा फैलिएको सभाकक्ष रहेको छ भने १६६ मिटरका दुई वटा मिटिङ हल रहेका छन् । दोस्रो तलामा सुन्दर पौडी पोखरी सहित व्यामशाला समेत रहेको छ ।
होटल सञ्चालकमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडल र श्रवण बेरिवाल रहेका छन । होटलमा ३ सय जनाले रोजगारी पाएका छन् ।






