तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ

बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु वि.क., हिमाल पुलामी मगर, मान बहादुर बुचा मगर, तिलकराम गैरे, रेशम बगाले, खेम बहादुर थापा, लुकमाया गुरुङ र लेककुमारी आले मगर चयन भएका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा भिम गौतम चयन भएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आईतबार मात्र बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ ।
बुटवलको रंगशालामा सरसफाई कार्यक्रमको आयोजना गरेर पार्टीले जिल्ला र प्रदेश पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक तुलबहादुर दर्लामी मगरले संगठन अब विस्तार गर्दै १२ वटै जिल्लामा कमिटि गठन गर्ने बताए । पार्टीका केन्द्रीय सदस्य भिम गौतमले पार्टीको संगठन विस्तार संगै हरेक हप्ता श्रम गर्ने पार्टीको योजना रहेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित