विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं. २ बाट एकल उम्मेदवार सिफारिस दाङ २ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस रुपन्देही जिल्ला स्तरीय चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान देवस्थल मन्दिरमा पुष शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती बहुबिवाहको अभियोगमा पक्राउ परेका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान रोटरी क्लव अफ सेन्ट्रल बुटवल द्वारा मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार बुटवल सडक खाना महोत्सव समापन                
समाचार :

श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ

बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु वि.क., हिमाल पुलामी मगर, मान बहादुर बुचा मगर, तिलकराम गैरे, रेशम बगाले, खेम बहादुर थापा, लुकमाया गुरुङ र लेककुमारी आले मगर चयन भएका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा भिम गौतम चयन भएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आईतबार मात्र बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ ।
बुटवलको रंगशालामा सरसफाई कार्यक्रमको आयोजना गरेर पार्टीले जिल्ला र प्रदेश पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक तुलबहादुर दर्लामी मगरले संगठन अब विस्तार गर्दै १२ वटै जिल्लामा कमिटि गठन गर्ने बताए । पार्टीका केन्द्रीय सदस्य भिम गौतमले पार्टीको संगठन विस्तार संगै हरेक हप्ता श्रम गर्ने पार्टीको योजना रहेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित