तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय

बुटवल । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार देवीनगर क्षेत्रमा सरसफाई गरी पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक तुलबहादुर दर्लामी मगरले संगठनलाई बिस्तार गर्दै अघि बढने बताए । श्रम गर्दै अघि बढने पार्टीको अवधारणा अनुसार आफूहरु अघि बढने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य भीम गौतमले जिल्ला र प्रदेशका संगठनलाई पूर्णता दिने गरी लागेको बताए ।


पार्टीले हालै निर्वाचन आयोग पुगेर पार्टी दर्ताको प्रक्रिया पूरा गरेका छन् । केही दिन अघि आयोगको कार्यालय पुगेर अध्यक्ष साम्पाङले पार्टी दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गरेका थिए । माटो चूनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताएका छन् । उनले देशमा अप्ठेरो काम गर्न आफु आएकाले अव देशलाई अघि बढाउन हर्कले बताउदै आएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित