दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा

पहिलो किस्तावापतको धरौंटी रकम विद्युत प्राधिकरणलाई बुझाएर रुपन्देहीस्थित पञ्चाकन्या औद्योगिक समूहका पञ्चकन्या स्टील इण्डष्ट्रिज र पञ्चकन्या प्लाष्टिक उद्योग मंगलबारबाट पूर्णरुपमा सञ्चालनमा आएका छन् । उद्योगले सोमबार अपरान्ह धरौंटी वापतको पहिलो किस्ता प्राधिकरणलाई बुझाएको थियो । त्यसलगत्तै उद्योगको काटिएको लाइन जडान गरिएको थियो ।

उद्योगका महाप्रवन्धक देवेन्द्र साहुले लाइन जडान गरिएपछि मंगलबार बिहानबाट उद्योग पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिए । सोमबारराति केही घण्टामात्र उद्योग सञ्चालन गरिएको उनले बताए । उद्योग सञ्चालकलाई ट्रंकलाइनबारे जानकारी बिनै अन्यायपूर्वक विद्युत महशुल अशुल्न खोजिएको भन्दैं करिब ८ वर्षदेखि पञ्चकन्या लगायत बुटवल–भैरहवा कोरिडोरका डेढ दर्जन उद्योग आन्दोलित थिए । सरकारसितको वार्तामा धरौंटी बुझाएर न्यायका लागि कानुनी पक्रियामा जाने बाटो खुला गर्ने सहमती भएपछि पहिलो किस्ता बुझाएको साहुले बताए ।

पञ्चकन्या समूहका अनुसार प्राधिकरणले ट्रंकलाइन महशुल वक्यौंता बिबाद देखाएर कार्तिक ७ गते लाइन काटेपछि दुबै उद्योग बन्द थिए । यस अवधिमा उद्योगभित्र आश्रित दुई सय कर्मचारी र उनीहरुका परिवारका लागि जेनेरेटर चलाएर पिउने पानी र बिजुली आपूर्ति गरिएको उनले बताए । उद्योग बन्द भए पनि एक जना कामदारलाई पनि सेवाबाट विमुख नगरिएको उनले बताए ।

‘उद्योग बन्द भएका बेलाको खर्च बक्यौंता महशुलभन्दा धेरै रहेको छ,’ उनले भने, ‘महशुल नतिर्ने हाम्रो नियत होइन, हामी त न्यायका लागि लडाईमा छौं । अन्नायपूर्वक माग नै नगरिएको ट्रंकलाइनको महशुल हामीले किन तिर्ने ।’ अहिले धरौंटी वापत पहिलो किस्ता बुझाएको जनाउँदैं आगामी दिनमा न्याय प्राप्तिका लागि विद्युत नियमन आोगदेखि अदालतको ढोकासम्म पुग्ने जानकारी दिए ।

‘न्यायिक उपचार खोज्ने पक्रियालाई सँगसँगै लैजाँदै हाललाई विवादित बनाइएको बक्यौंताको किस्ता रकम तिर्ने निर्णय गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छौं,’ महाप्रवन्धक साहुले भने, ‘पञ्चकन्या समूहसित जोडिएका श्रमिकको रोजीरोटी सुरक्षित गदैं यहाँबाट सामान अर्डर गरेका राष्ट्रिय गौरबका आयोजनाका माग पूर्ति गर्न उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेका छौं ।’

पञ्चकन्यासँगैं बुटवल–भैरहवा कोरिडोरमा रहेका घराना फुड्स, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धरौटी रकम तिरेका हुन । भैरहवास्थित घराना फुड्सले एकसाताअघि धरौंटीको पहिलो किस्ता बुझाइसकेको छ । उत्पादन बिदेश निर्यात हुने भएकाले अर्डर अनुसार आपूर्ति गर्न आफूले किस्ता बुझाएको घराना फुड्सका सञ्चालक बिकास गोयन्काले बताए । माग बिना नै डेडिकेडेट फिडर र ट्रंकलाइन जडान गरिएको भन्दैं गत साता सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा सडक प्रदर्शन गरिएको थियो ।

पंचकन्यासँगै सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पनि सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि प्राधिकरणले उद्योगहरु विद्युत जोडिदिएको छ । यसअघि यी उद्योगमा प्राधिकरणले किस्ता नतिरेको भन्दै लाइन काटिदिएको थियो ।

पंचकन्या समूहले पत्रकार सम्मेलन गरेर कानूनी प्रक्रियामा जाने तर लामो समय उद्योग नचलाई राख्न नसकिने भएकाले बाध्यताले प्रयोग नै नगरेको बक्यौता रकम तिरेको जनाएको छ । समूहका महाप्रबन्धकसाहुले उद्योगले माग नै नगरेको, प्राधिकरणले महशुलको विल समेत दिन नसकेको अवस्थामा आफूहरु अन्यायमा परेको बताए ।

‘हामीले प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भनेर दावी गरेको समयमा नियमित विद्युत महशुल तिरेका थियौं तर दुई वर्षपछि तिमिहरुको बक्यौता बाँकी छ भनेर हामीलाई अन्याए गरियो’, उनले भने । उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोग बापत महशुल बक्यौता भन्दै प्राधिकरणले उद्योगहरुलाई ताकेता गरेको थियो ।

पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको प्राधिकरणले जनाएको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित