बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण

बुटवल । बुटवल-१५ सेमलारस्थित सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार निःशुल्क मृगौला रोग परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा पछिल्लो समय बढ्दो मृगौला सम्बन्धी समस्याको समयमै पहिचान गरी रोकथाम गर्न सकियोस् भन्ने उद्देश्यसहित सहकारीले आफ्नै प्रधान कार्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नेपाल किड्नी फाउन्डेसनको सहकार्यमा आयोजित उक्त शिविरमा सहकारीका सदस्य तथा सर्वसाधारण गरी ३०० भन्दा बढी व्यक्तिको मृगौला परीक्षण र औषधि वितरण गरिएको सहकारी अध्यक्ष कृष्णप्रसाद भुसालले जानकारी दिए ।

शिविरमा डा. शक्ति बस्नेतसहित नेपाल र विदेशका १५ जना विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिबाट रगत, पिसाब र क्रिटिनाइन परीक्षण गरी तुरुन्तै रिपोर्ट प्रदान गरेको सहकारीकी उपाध्यक्ष गीता भण्डारीले बताइन् ।

डा. बस्नेतका अनुसार मृगौला ८० प्रतिशतसम्म क्षति भएपछि मात्र लक्षण देखिने भएकाले ४० वर्ष उमेर कटेका सबै नागरिकले हरेक वर्ष मृगौला परीक्षण गर्न आवश्यक रहेको छ ।

२०५६ सालमा स्थापना भएको सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्य तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको छ । सहकारीमा हाल ६ हजार ११८ शेयर सदस्य रहेका छन् र यसका ६ शाखा कार्यालय सञ्चालनमा छन् ।

शिविरमा सहभागी डम्बर भण्डारीले छिटो र सहज स्वास्थ्य परीक्षण सेवा पाएको भन्दै सहकारीप्रति धन्यवाद ज्ञापन गरे । उनले यस्ता शिविर नियमितरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, नेपाल किड्नी फाउन्डेसनले सेमलारसहित रुपन्देहीका चार स्थानमा मृगौला स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ । फाउन्डेसनका अध्यक्ष डा. बस्नेतका अनुसार बुटवल, लुम्बिनी र छपियामा समेत शिविर आयोजना हुनेछ ।

फाउन्डेसनले चारै शिविरमार्फत १ हजार २०० जनालाई सेवा पुर्‍याउने लक्ष्य राखेको छ । उनका अनुसार फाउन्डेसनले पछिल्ला दश वर्षमा ३० हजारभन्दा बढी व्यक्तिको मृगौला परीक्षण गरिसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित