सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

भैरहवा विमानस्थलमा थाईएयर एसियाको जहाज अवतरण

गौतमबुद्ध विमानस्थलमा आज (आइतबार) थाई एयर एसियाको जहाज अवतरण भएको छ। आज मध्याह्न १२:१५ मा अवरण हुने भनिएपनि १२:४८ मा १७ यात्रु लिएर विमानस्थल भैरहवा अवतरण गरेको हो । एयरबस ३२० को न्यारोवडीको जहाज अवतरण भएसँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।

हप्ताको दुई दिन थाई एयर एसियाको उडान तालिका अनुसार यो सिजनमा पुन उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। उनका अनुसार आईतबार र बुधबार दुई दिन उडान हुनेछ। जहाजले आजै १६२ यात्रु लिएर थाईल्याण्ड उडनेछ ।

गत अप्रिलमा त्रिभुवन विमानस्थल मर्मतसमेत भएकाले भैरहवा विमानस्थलमा चाप बढेको थियो। त्यतिबेला दैनिक चारवटा उडान भएका थिए। पाँच महिनामा दुई सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ। त्यसयता केही चार्टर उडान मात्रै भएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित