मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बेचेर मनाए दसैँ तिहार

पाल्पा । यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाएका छन्।

विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाएको उनको भनाइ छ।

‘पहिलेपहिले खर्चको जोहो गर्न कठिन थियो, तर अहिले खुर्सानी बेचेर सहज भयो, हामीलाई चाडपर्व मनाउन अरूसँग पैसा सापटी माग्नु परेन’ उनले भने।

यस वर्ष दसैँअगाडि खुर्सानी बेचेर चार लाख रुपैयाँ आम्दानी भएको छहरीले बताए। अन्नबाली लगाउँदा वन्यजन्तुबाट जोगाउन कठिन भएपछि अहिले अकबरे खुर्सानीखेती थालेको उनको भनाइ छ। अहिले यहाँका अधिकांश साना किसानको जीविकोपार्जनको स्रोत खुर्सानीखेती भएको छ।

स्थानीय सीता खाम्चाले पनि यस वर्ष चाडपर्व मनाउन ऋण खोज्न नपरेको बताइन्। दसैँअगाडि अकबरे खुर्सानी बेचेर आएको आम्दनीबाट पर्वको खर्च जोहो भएको उनको भनाइ छ।

‘विगतका वर्षमा दसैँतिहार नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। आम्दानीको कुनै स्रोत थिएन, ऋण मागेर छोराछोरीलाई खुसी बनाउनुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अहिले खुर्सानीखेती गर्न थालेपछि सहज भएको छ। हालसम्म खुर्सानी बेचेर रु चार लाखभन्दा बढी आम्दानी भएको छ।’

छहरी र खाम्चालाई मात्र हैन यहाँका अधिकांश साना किसानले अकबरे खुर्सानी बेचेर मनग्य आम्दानी गरेका छन्। स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत कार्यक्रमबाट यहाँका कृषकलाई खुर्सानीखेतीका लागि सहयोग हुन थालेपछि व्यावसायिक रूपमा यसतर्फ किसानको आकर्षण बढेको गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गेले बताइन्।

उत्पादित वस्तु बजारीकरणका लागि स्थानीय सरकारले समन्वय गरिदिन थालेपछि अहिले यहाँ खुर्सानीखेती नभएको घर छैनन्। गाउँबस्तीका खेतीयोग्य जमिनमा दिउँसोको समय बाँदर, मृर्ग, हरिण तथा राति दुम्सी, बदेललगायत वन्यजन्तुले सताउन थालेपछि किसानले वैकल्पिक रूपमा व्यावसायिक खुर्सानीखेती गर्न थालेका उनले बताइन्।

घरायसी प्रयोजनका लागि मात्र दुई-चार बोट लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीखेती गर्न प्रेरित गर्न थालेपछि व्यावसायिक उत्पादन हुन थालेको किसानको भनाइ छ।

पालिकाले किसानलाई आर्थिक रूपले बलियो बनाउँदै आत्मनिर्भर बनाउने तथा वैदेशिक रोजगारीलाई निरुत्साहित गराउने उद्देश्यले अभियानका रूपमा व्यावसायिकखेतीतर्फ आकर्षित गर्न थालेको कृषि शाखा प्रमुख लामटाङ्गेले उल्लेख गरिन्।

उनका अनुसार दसैँअघि खुर्सानी बिक्रीबाट गाउँपालिकाभित्र चार करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ। यहाँका कृषकद्वारा उत्पादित खुर्सानी सहकारीमार्फत बजारीकरण हुँदै आएको छ।

कृषिमा केही हुँदैन भन्ने भाष्य विकसित हुँदै गएपछि पछिल्लो समय वैदेशिक रोजगारी प्रमुख गन्तव्य बन्दै गएको थियो।

वैदेशिक रोजगारीको विकल्पका रुपमा खुर्सानी खेतीलाई लिएर सोहीअनुसार सहयोग उपलब्ध गराउँदै आएको पालिकाका प्रमुख नारायणबहादुर जिसी बताउँछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित