रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

घट्न थाले लुम्बिनीमा पर्यटक, बसाइ पनि लम्बिएन

बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा नौ महिनाको अवधिमा ७ लाख ४१ हजार पर्यटकको आगमन भएको छ । लुम्बिनी विकास कोषका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी ७ लाख ४१ हजार ५७८ पर्यटक आएका हुन् ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरि ध्वज राईका अनुसार ४ लाख ८२ हजार ६२६ जना नेपाली, भारतीय १ लाख ८६ हजार ४४२ र तेस्रो मुलुकका ७२ हजार ५१० पर्यटकले लुम्बिनी भ्रमण गरे ।

तर राईका अनुसार यो सङ्ख्या विगतभन्दा कम हो । विगत वर्षका तुलनामा यस वर्ष मौसम तथा अन्य कारणले पर्यटक वृद्धि हुने अपेक्षा गरिएको थियो । तर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण लुम्बिनीमा पर्यटक सङ्ख्यामा कमी आएको सूचना अधिकारी राई बताउँछन् ।

कति आए तेस्रो मुलुकका पर्यटक ?
जनवरीदेखि सेप्टेम्बरसम्म ७१ देशका (भारतबाहेक) ७२ हजार ५१० पर्यटक लुम्बिनी घुम्न आए । खासगरी जुन र जुलाईमा वर्षायाम भएकाले अन्य महिनाको तुलनामा कम पर्यटक आएका राईको भनाइ छ ।

जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा मार्च महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् भने जुनमा सबैभन्दा कम । मार्चमा २२ हजार २५० राहदानीधारी पर्यटक आउँदा जुनमा ९३३ जनाले मात्र लुम्बिनी भ्रमण गरेका कोषको तथ्याङ्कमा छ । यस्तै उक्त अवधिमा श्रीलङ्का, म्यानमार, थाइल्यान्डजस्ता मुलुकबाट बढी पर्यटक आएका राईले बताए ।

भारतीय पर्यटकको सङ्ख्या
लुम्बिनीमा भारतीय पर्यटकको सङ्ख्या जहिल्यै उल्लेखनीय हुने गर्छ । जनवरीदेखि सेप्टेम्बरसम्म भारतबाट १ लाख ८६ हजार ४४२ जना पर्यटक आए । भारतबाट सबैभन्दा धेरै मार्चमा ३४ हजार ९६३ पर्यटक लुम्बिनी आएका छन् भने सबैभन्दा कम सेप्टेम्बरमा ७ हजार ४०९ जना ।

आन्तरिक पर्यटकको अवस्था
बुद्ध जन्मस्थल लुम्बिनीमा जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा नेपाली पर्यटकहरू ४ लाख ८२ हजार ६२६ जना आएका छन् । जनवरीदेखि मार्चसम्मको आँकडाअनुसार नेपाली पर्यटक सबैभन्दा धेरै जनवरीमा आएका देखिन्छन् भने सबैभन्दा कम जुलाईमा ।

यस्तै फेब्रुअरीमा ६० हजार ७३३ जना आउँदा मार्चमा ५० हजार ३५४ र अप्रिलमा ८३ हजार ६९५ पर्यटक आएका छन् । मेमा भने ९२ हजार ०९८ जना नेपाली पर्यटक लुम्बिनी घुम्न आए, जुलाईमा यो सङ्ख्या अति नै घटेर १९ हजार १८७ मा सीमित भयो । यस्तै अगस्टमा १८ हजार ८४१ र सेप्टेम्बरमा १४ हजार ०८८ जना नेपालीले लुम्बिनी भ्रमण गरेको कोषको रेकर्डमा छ ।

कस्तो प्रभाव पार्ला ?
लुम्बिनीमा संसारका एक सयभन्दा धेरै मुलुकबाट पर्यटक आउने गरेका छन् । खासगरी यहाँ धार्मिक किसिमका पर्यटकहरू आउने गर्दछन् । श्रीलङ्का, म्यानमार, चीनलगायत मुलुकबाट यहाँ धेरै पर्यटक आए पनि सङ्ख्याका हिसाबले आन्तरिक पर्यटकहरूकै घुइँचो लाग्ने गर्छ ।

धेरै सङ्ख्यामा नेपालीले लुम्बिनी भ्रमण गरे पनि उनीहरूको बसाइ भारतीयभन्दा पनि कम हुने गरेको छ ।

होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवाली पर्यटकहरूको आगमन व्यापारभन्दा सङ्ख्या वृद्धि भएको तर्क गर्छन् । उनका अनुसार तेस्रो मुलुकका पर्यटकहरूले नेपाली र भारतीयले भन्दा धेरै खर्च गर्छन्, र उनीहरूको आगमनले यहाँको व्यापार व्यवसायमा राम्रो प्रभाव पार्छ ।

त्यस्तै लुम्बिनी आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसाल पनि स्वाभाविक रूपमा तेस्रो मुलुकका पर्यटकहरू आउँदा आर्थिक रूपमा लुम्बिनीलाई राम्रो प्रभाव पर्ने बताउँछन् । यसका लागि लामो समय लुम्बिनी बस्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ ।

भुसालले लुम्बिनीमा दातृ निकायले प्रदान गरेका पर्यटनमैत्री बसहरू लुम्बिनी सर्किटमा सञ्चालन गर्नुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्नुपर्ने र भारतबाट आउने पर्यटकहरूलाई लुम्बिनी तथा आसपासका क्षेत्रमा थप समय बिताउने र खर्च गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित