तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवाबाट दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाबाट यस वर्षको दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही गरिएको छ।

राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले शाखाबाट उक्त रकम बराबरका नयाँ र सुकिला नोट लगेका हुन्।

शाखाको कार्यक्षेत्रभित्र पर्ने ९ वटा नोट कोषमध्ये ८ वटामा रकम ट्रान्सफर गरिएको थियो भने पूर्वी रुकुमस्थित नोट कोषले यसपटक माग नगरेको जानकारी दिइएको छ। भदौ २९ गतेदेखि असोज १० गतेसम्म सम्भव भएसम्म नयाँ नोट र नयाँ नोट सकिएपछि सुकिला नोट वितरण गरिएको पाण्डेले बताए।

उनका अनुसार सिद्धार्थनगर शाखाबाट मात्रै ५ देखि १०० रुपैयाँसम्मका १० करोड ५९ लाख ३९ हजार २३० रुपैयाँ सटही भएको छ। यस अवधिमा ८ हजार ४८८ सेवाग्राहीले सुकिला र नयाँ नोट प्राप्त गरेका थिए। सर्वसाधारणलाई सहजताका लागि शाखाले ४ वटा काउण्टर खोलेर नोट सटही गरेको थियो। गेटमै टोकन मेसिन राखेर टोकनका आधारमा सेवा दिइएको भए पनि सर्वसाधारणले भने सुकिला नोट पर्याप्त नपाएको गुनासो गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित