सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकियो ‘कमजोरीको प्रतिरक्षा गरेर पार्टी खरानी हुनदिन्नौं, नयाँ शिराबाट एमालेलाई अघि बढाउँछौं’ लुम्बिनी र कर्णालीमा भारी वर्षा, सबैभन्दा धेरै पूर्वी नवलपरासीमा गुल्मीमा पहिरोले प्रमुख ३ सडक अवरुद्ध, आवतजावत ठप्प ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख नियमित लयमा फर्कियो रुपन्देही अरब र बंगालको खाडीबाट भित्रियो जलवाष्पयुक्त वायु, यी ठाउँमा हुनेछ भारीदे‍खि धेरै भारी वर्षा भाटभटेनीमा आइक्रिम चोरी गर्ने शिक्षकलाई कालिका माविले गर्यो निष्काशन नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ संसदको बलि चढाएर प्रधानमन्त्री बन्दै सुशिला , नौ बजे शपथ                
समाचार :

‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख

अर्घाखाँचीका एकजना कृषकले आगोले जलेको सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका हुन्।

अधिकारीले भने, ‘सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो। अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ। सबैले सकेको सहयोग गर्नुपर्छ।’

रकम जम्मा गरेर अधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई भौचर हस्तान्तरण गरेका थिए।

अधिकारीले सीतापुरमा जग्गा किनेर र भाडामा लिएर टिमुर, काँक्रा, टमाटर, गोभी, खुर्सानी लगायत तरकारी खेती गर्दै आएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित