प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि

बुटवल । नेपालमा इलेक्ट्रिक सवारी साधनप्रतिको आकर्षण तीव्र बन्दै गएका बेला प्रोटोन नेपालले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याउनु अघि नै बुटवलमा १० वटा ‘प्रोटोन ई.मास सेभेन’ प्रिमियम इलेक्ट्रिक एसयुभी ग्राहकलाई हस्तान्तरण गरेको हो । ‘टाईम टु ईलेक्ट्री फाई बुटवल’ नारासहित ‘प्रोटोन ई.मास सेभेन’ इलेक्ट्रिक बुटवलमा सार्वजनिक गरिएको छ । बालाजी ई अटोमोबाईल प्रालिले बुटवल र भैरहवामा यो गाडी भित्राएको हो ।

डिसेम्बर २०२४ मा मलेसियामा सार्वजनिक भएपछि नेपालमा पनि यसको प्रतीक्षा गरिएको थियो । जगदम्बा मोटर्सले नेपाली बजारमा गाडी भित्राएको हो । कम्पनीका अनुसार प्रोटोन ई.मास सेभेन मा नवीनतम प्रविधि र फाइभ-स्टार सेफ्टी फिचर समावेश छन् ।

चाईनामा निर्मित उत्कृष्ट र आकर्षित मोडलको सवारी भएको जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवालले शुक्रबार तिलोत्तमा सार्वजनिक कार्यक्रममा बताए । चारपाग्रे सवारीको अहिलेसम्मकै नया प्रविधि सेल-टु-बडी (सीटीबी) ब्याट्री आर्किटेक्चर र एजिस सर्ट-ब्लेड ब्याट्री प्रविधि ब्याट्रि प्रयोग भएको छ । यसको बडिमा १५ सय मेगापासिकल स्टिल प्रयोग भएको छ । जुन हवाईजहाजमा प्रयोग हुन्छ । यो टस्लाले पनि प्रयोग गरेको छ । अगाडी ईन्जिन नहुदा पनि यो सुरक्षित हुन्छ । गाडीमा ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्म, १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम समावेश छन् । १६० किलोवाट मोटर पावर रहेको गाडीमा ३२० एनएम टर्क छ, जसले ६.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । नेपालमा ४० बढि ब्राण्ड रहेको शंकर ग्रुप हो । जसले सिमेन्ट, जस्ता, अटोमोबाईल, फाईनान्स सर्भिस, हस्पिटालिटी, एफएनसिजी एण्ड स्प्रिङग्स, वाईट गुड्स, ईनेर्जी, प्लास्टिक तथा आयल्स लगायत क्षेत्रमा आफ्नो उपस्थिति रहेको उनले बताए । काठमाण्डौमा २ सहित पोखरा, बुटवल, नारायणगढ, बिराटनगर, बिर्तामोड, नेपालगंज, धनगढीसहित नेपालका १२ वटा शहरमा उपस्थिति जनाएको छ ।

यो इलेक्ट्रिक गाडी प्लाटिनम सिल्भर, टक्र्वाइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज, मोयु ब्ल्याक र लिथियम ह्वाइट गरी ६ विभिन्न रंगमा उपलब्ध छ । प्रोटोन ई.मास सेभेन नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । प्राइम मोडेलले एक पटकको चार्जमा ३४५ किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री रहेको छ । प्रोटोन ई.मास सेभेन को मूल्य प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कार्यक्रममा बालाजी ई अटोमोबाईलका म्यानेजिङ डाईरेक्टर विशाल जयसवालले नया प्रविधिमैत्री गाडीमा नया यात्राको शुरुवात हुने दाबी गरे । मलेसियामा सन १९८० मा उत्पादन भएको प्रोटोन अहिले विेश्वकै उत्कृष्ट चारपाग्रे सवारी बन्न सफल भएको उनले बताए । वातावरणमैत्री सवारी भित्राएर यस क्षेत्रमा सम्बन्ध बिस्तार र विश्वासलाई कायम राख्ने गरि विक्रिपछिको सेवालाई विशेष जोड दिने उनले बताए । कालिकानगरमा सुविधासम्पन्न शोरुम दुई हप्ताभित्र उद्घाटन गर्ने तयारीमा रहेको उनले बताए । सफा , स्मार्ट, सुरक्षित र सुविधासम्पन्न यात्राको लागि यो ब्राण्ड रोज्न उनले आग्रह गरे । बुटवलमा शोरुम उद्घाटनको तयारीमा रहेको भन्दै उनले अफरका रुपमा विशेष छुटको ब्यवस्था रहेको बताए । १० जनालाई पाच वर्षे ४० प्रतिशत डाउनपेमेन्टको ब्यवस्था रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित