युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

सिद्धार्थ राजमार्गको सुनौली–पोखरा सडक ४५ किमी छोटो बनाउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गको सुनौली–पोखराको १८० किमीमध्येको बुटवल–पोखराको सडकलाई अब गेम चेन्जर आयोजनाका रुपमा सुधार गरिने भएको छ ।

१५७ किमी दुरी रहेको यो सडक अहिले अध्ययन भइरहेको परियोजना साकार भएमा ४५ किमी छोंटो भइ ११२।८१ किमीमा सिमित हुनेछ । सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक सुधार आयोजना अन्तर्गत नयां परियोजना अनुसार यो सडक खण्डमा सुरुङ, पुल, वायाडक्टहरु बनाएर अहिलेको अनावश्यक घुम्ती र दूरिलाई घटाइने छ ।

सम्भाव्यता अध्ययन अन्तर्गत वातावरणीय तथा सामाजिक अध्ययनका लागि वाटर एसिया इन्टरनेशनल र वातावरणीय व्यवस्थापन र विज्ञान स्कूलका विज्ञहरु खटिएका छन् ।

सांघुरा घुम्तीहरु काटेर र कतिपय ठाउंमा सुरुङ, पुल र वायडक्ट बनाइने छ । सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक सुधार आयोजना अन्तर्गत २३।३०६ किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने, ०।८६ किलोमिटर पुल, २।९५३ किलोमिटर वायाडक्ट निर्माण गर्ने, ७४।०६ किलोमिटर सडक स्तरोन्नति र सुधार गर्ने र ११।७ किलोमिटर नयां सडक निर्माण गरिनेछ ।

कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोला सम्म ५ हजार २४३।३६ मिटरको सुरुङ, स्याङ्जाको भालुपहाड देखि बाडखोला सम्मको ३ हजार २८९।१ मिटरको सुरुङ, राङखोला देखि हेलुसम्मको २ हजार २०१।४ मिटरको सुरुङ, कालीगण्डकी नदी राम्दीदेखि पाल्पाको पिपलडांडा सम्मको १ हजार ३३ मिटरको सुरुङ, बहाकी खोलादेखि तानसेन प्रभास सम्म तीनवटा सुरुङको निर्माण गरिने छ ।

पांच वर्ष निर्माण अवधि राखेर यो सडकको स्तरोन्नतिका लागि सडक विभागले करिब २० अर्ब लागत अनुमान गरि डीपीआर तयार पारि थप प्रक्रियामै रहेको कुरा बताइरहेका बेला वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

नयां परियोजनाको लागत र समय के कति लाग्ने भन्ने बारेमा उक्त बैंकका अधिकारी र विज्ञहरुको टोली अध्ययनमै छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित