बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा गर्ने निर्णय सिद्धार्थ राजमार्गको सुनौली–पोखरा सडक ४५ किमी छोटो बनाउने तयारी रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम                
समाचार :

सिद्धार्थ राजमार्गको सुनौली–पोखरा सडक ४५ किमी छोटो बनाउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गको सुनौली–पोखराको १८० किमीमध्येको बुटवल–पोखराको सडकलाई अब गेम चेन्जर आयोजनाका रुपमा सुधार गरिने भएको छ ।

१५७ किमी दुरी रहेको यो सडक अहिले अध्ययन भइरहेको परियोजना साकार भएमा ४५ किमी छोंटो भइ ११२।८१ किमीमा सिमित हुनेछ । सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक सुधार आयोजना अन्तर्गत नयां परियोजना अनुसार यो सडक खण्डमा सुरुङ, पुल, वायाडक्टहरु बनाएर अहिलेको अनावश्यक घुम्ती र दूरिलाई घटाइने छ ।

सम्भाव्यता अध्ययन अन्तर्गत वातावरणीय तथा सामाजिक अध्ययनका लागि वाटर एसिया इन्टरनेशनल र वातावरणीय व्यवस्थापन र विज्ञान स्कूलका विज्ञहरु खटिएका छन् ।

सांघुरा घुम्तीहरु काटेर र कतिपय ठाउंमा सुरुङ, पुल र वायडक्ट बनाइने छ । सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक सुधार आयोजना अन्तर्गत २३।३०६ किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने, ०।८६ किलोमिटर पुल, २।९५३ किलोमिटर वायाडक्ट निर्माण गर्ने, ७४।०६ किलोमिटर सडक स्तरोन्नति र सुधार गर्ने र ११।७ किलोमिटर नयां सडक निर्माण गरिनेछ ।

कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोला सम्म ५ हजार २४३।३६ मिटरको सुरुङ, स्याङ्जाको भालुपहाड देखि बाडखोला सम्मको ३ हजार २८९।१ मिटरको सुरुङ, राङखोला देखि हेलुसम्मको २ हजार २०१।४ मिटरको सुरुङ, कालीगण्डकी नदी राम्दीदेखि पाल्पाको पिपलडांडा सम्मको १ हजार ३३ मिटरको सुरुङ, बहाकी खोलादेखि तानसेन प्रभास सम्म तीनवटा सुरुङको निर्माण गरिने छ ।

पांच वर्ष निर्माण अवधि राखेर यो सडकको स्तरोन्नतिका लागि सडक विभागले करिब २० अर्ब लागत अनुमान गरि डीपीआर तयार पारि थप प्रक्रियामै रहेको कुरा बताइरहेका बेला वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

नयां परियोजनाको लागत र समय के कति लाग्ने भन्ने बारेमा उक्त बैंकका अधिकारी र विज्ञहरुको टोली अध्ययनमै छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित