तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम

संयुक्त नागरिक पार्टीको प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष दल मर्दन कामीको प्रमुख आतिथ्यमा रुपन्देही भेला सम्पन्न भएको हो । उक्त भेलाले डा. बिजय प्रसाद गौतमको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरेको छ ।

माधवकुमार नेपालनेतृत्वको समाजवादी पार्टी प्रदेश समिति सदस्य रहेका गौतम पार्टी प्रवेश गरेर संयुक्त नागरिक पार्टी रुपन्देही जिल्ला अध्यक्ष बनेका हुन । त्यस्तै प्रथम उपाध्यक्षमा तविता वि.क., द्धितिय उपाध्यक्षमा रचना मोक्तान, सचिवमा शंकर पृथी सिमोन, सहसचिवमा ललित तिरुवा र कोषाध्यक्षमा श्याम गुरुङ चयन भएका छन ।

यसैगरी सदस्यहरू प्रकाश चन्द्र घिमिरे, सानु भापा, कमला गोतामे, हेम आले, हिरा सारु, रुवेन चौधरी, भिम क्षेत्री, सावित्रा गलामी रहेका छन । त्यस्तै भेलाले युवराज वि.क, मन पाण्डे र यान वहादुर सुनारलाई सल्लाहाकार बनाएको छ । भेलालाई सम्बोधन गर्दै अध्यक्ष कामीले संयुक्त नागरिक पार्टी रहरले पार्टी निर्माण नगरेको भन्दै जनताका मुद्धा सधै प्राथमिकतामा राख्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशमा रुपन्देही बाट औपचारिक रुपमा आफ्नो ऐतिहासिक यात्राको नयां युग सुरु भएको भन्दै उहांले पार्टीका निति इमानदार नेता आजको आवश्यकता रहेको बताउनुभयो । नव कार्यसमितिलाई शुभकामना दिदै उहांले जिल्लाभर विद्यमान अन्याय, विभेद, बहिष्कार र दमनका संरचनाविरुद्ध दृढ संघर्ष गर्दै पार्टीको नेतृत्व सदैव उत्तरदायी रहन र सत्ता शक्तिको लोभमा नझुक्न र जनताकोइमानदार काम गर्न निर्देशन दिनुभयो ।

उहांले रुपन्देही नेपालकै ऐतिहासिक प्रयटन विविधताको केन्द्र, सांस्कृतिक धरोहरको भण्डार र कृषिउद्योगको मूलथलोको रूपमा स्थायित्व दिन जिल्लामा दलित, मधेसी, मुस्लिम,इशाइ बुद्धिष्ट ,सिख जैन लगायतका धार्मिक अल्पसंख्यक सीमान्तकृतको अधिकार खसआर्य, थारू, आदिवासी–जनजाति सबै समुदायको आत्मसम्मानसुरक्षित गर्दै समान अस्तित्वको अवसर ग्यारेन्टी गर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा पार्टीका उपमहासचिव विदुर अधिकारी, पार्टी, केन्द्रिय सदस्य गणेश सुनारले पार्टीको धारणा राख्नुभएको थियो ।

कार्यक्रम डाक्टर जोयल रेग्मी, मन पाण्डे, युवराज बिक, ललित तिरुवा, तेज प्रकाश बिसि,र बाबुराम बस्नेतले नव कार्यसमिति लाई शुभकामना दिनुभएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित