युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखिकरण

बुटवल। क्युपेक नेपालको आयोजनामा बुटवलमा सामाजिक सुरक्षा, जलवायु परिवर्तन र गुनासो सम्बोधन विषयक दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ ।

समारोहको उद्घाटन गर्दै जिफन्टका राष्ट्रिय सचिव हरि कार्कीले देश विकासमा महत्वपूर्ण योगदान दिइरहेका श्रमिकहरू अझै आफ्नो सुरक्षाबाट वञ्चित रहनु परेको उल्लेख गर्दै सरकारको ध्यान यसतर्फ जानुपर्ने बताए ।

सामाजिक सुरक्षा कार्यालय बुटवलका प्रमुख खेम कार्कीले सामाजिक सुरक्षामा आवद्धता प्रक्रियाबारे विस्तृत जानकारी दिँदै, श्रमिकको अंगभंग वा मृत्यु भएमा आजीवन पेन्सनसहितका सुविधा रहेको बताए। स्थानीय सरकारबाट आवद्ध श्रमिकको तथ्याङ्कका आधारमा बजेट बिनियोजन भइरहेको उनले जानकारी दिए ।

क्युपेककी केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले असंगठित क्षेत्रमा रहेका श्रमिकहरू न्यूनतम सेवासुविधाबाट वञ्चित रहेको बताउँदै, श्रमिकको अधिकारका लागि परिचयपत्र, गास–बास–कपास, शिक्षा, स्वास्थ्य तथा बेरोजगार भत्ताको माग राख्दै आएको बताइन् ।.उनका अनुसार देशका ९ पालिकाबाट श्रमिक सूचिकृत गर्ने तथा सामाजिक सुरक्षामा आवद्ध गराउन बजेट बिनियोजन भएको छ । हाल देशभर १ लाख ८७ हजार ७८७ श्रमिक क्युपेकमा आवद्धता रहेको उनले बताईन ।

कार्यक्रममा क्युपेक रुपन्देहीका अध्यक्ष गंगाराम सुनार, केन्द्रीय सचिव कृतिनिधि विष्ट, केन्द्रीय सदस्य डिलकराम डुम्रे लगायतको सहभागिता रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित