मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

साहित्याचार्य बुद्धिप्रसाद शर्मा पाण्डेय, जसले बेच्छन् बार्षिक १० करोडको जनै

बुटवल । जनै र रक्षावन्धन वैदिक एवं शास्त्रीय विधि अनुसार बनाइएको पवित्र र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय धर्म, संस्कृति र संस्कारलाई नै खलल पुर्‍याउने गरी नक्कली जनै र रक्षाबन्धनको बिगबिगी बढ्दै गएको वैदिक र शास्त्रीय विधि अनुसार जनै बनाउँदै आएका उद्योगीको गुनासो छ ।

नेपालकै सबैभन्दा पुरानो बुटवलको राधा धागो उद्योगले वेदमा भनिए अनुसार शास्त्रीय विधिपूर्वक जनै र रक्षावन्धन उत्पादन गर्दै आएको छ । पछिल्लो समय जनै बनाउने चलन हराउँदै जाँदा बुटवल–६ राममन्दिर लाईनका साहित्याचार्य बुद्धिप्रसाद शर्मा पाण्डेयले भने विसं २०५८ सालदेखि निरन्तर जनै र रक्षावन्धन उत्पादन गर्दै आएका छन् ।

नेपालमा भारत लगायतका देशबाट आयात हुने जनै वेदमा उल्लेख भए अनुसारको नपाइएपछि अवकाश प्राप्त शिक्षकसमेत रहेका पाण्डेयले उद्योग नै सञ्चालन गरेर जनै उत्पादन थालेका हुन् । २०६० सालमा उद्योग विभागमा फर्म दर्ता गरी ट्रेडमार्क लिएर उद्योग नै सञ्चालन गरी ३ वटा ब्राण्डमा जनै उत्पादन गर्दै आएको उनले बताए ।

शास्त्रीय जनै, वैदिक जनै र राधा पवित्र जनै पाण्डेयको उत्पादन हो । अहिले उनको उद्योगले वार्षिक ५० लाख जनै उत्पादन गर्दै आएको छ । भने वार्षिक १० करोडको कारोबार हुने गरेको छ ।

स्थानिय बजारलाई लक्षित गरी जनै उत्पादन सुरु गरेका पाण्डेयको उद्योगमा उत्पादन भएका जनै तथा रक्षाबन्धनको अहिले विदेशमासमेत माग बढ्दो छ । धर्म संस्कृति बचाउने उद्देश्यबाट जनै उत्पादन सुरु भए पनि अहिले आम्दानीको राम्रो श्रोतसमेत बनेको छ ।

बजारमा वैदिक विधिविपरीत पोलिस्टर धागो मिश्रित जनै र रक्षाबन्धनको बढ्दो प्रयोगका कारण नेपालको धर्म संस्कृतिमाथि नै प्रहार भएको साहित्याचार्य पाण्डेयको भनाइ छ । हिन्दू धर्मका वैदिक ग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्यायन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ ।

शुद्ध जनै र रक्षाबन्धनमा सुती धागोबाट बनेको ५४ सरा हुनुपर्नेमा बजारमा पाइने आयातित जनैमा यस्तो विधि नपुर्‍याई केवल नाफा कमाउनकै लागि पोलिस्टर र बिभिन्न केमिकल मिसाएर बनाउने गरिएको साहित्याचार्य शर्माको दाबी छ । ‘काँचो धागोको ९ सरा बेरेर जनैको एक डोरा तयार हुन्छ । त्यही ६ डोरा संगालेर (५४ सरा)को एउटा जनै तयार हुन्छ ।’, साहित्याचार्य पाण्डेयले भने, ‘शिखा जनैको महत्वपुर्ण भग हो । यसलाई ब्रम्हगाँठो समेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।’

शिखासहितको जनैलाई वैदिक मन्त्रले मन्त्रेपछि त्यो पूर्ण हुने उनले बताए । ‘जनै मन्त्रँदा शिखामा तीनै जना देवता, अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ब्रह्म तेज पैदा गर्ने बनाउनुपर्छ । यसरी बनाइएको जनैले नै शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ ।’, पाण्डेयले भने । साहित्याचार्य पाण्डेयको काममा परिवारले पनि साथ दिएको छ । छोराहरु नुरु र झंकार पाण्डेले उद्योगको व्यवस्थापन र बजारीकरणको काम गरीरहेका छन् । हाल उद्योगमा करिब ५ सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित