संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट                
समाचार :

भैरहवा भन्सारबाट २० अर्ब ९२ करोडको निर्यात

गत आर्थिक वर्ष २०८१/०८२ मा रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट २० अर्ब ९२ करोड बराबरको निर्यात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा बेलहिया नाका हुँदै १३ अर्ब ६८ करोडको भएको थियो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बेलहिया नाकाबाट गत आर्थिक वर्षमा ६ अर्ब ९८ करोड १७ लाख ७५ हजारको भटमासको प्रशोधित तेल निर्यात भएको छ भने ४४ करोड ११ लाख ९२ हजार बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ ।

भटमासको प्रशोधित तेल ३ करोड ५१ लाख ६९ हजार ३४१ लिटर तथा सूर्यमुखी प्रशोधित तेल २४ लाख १५ हजार ३०२ लिटर निर्यात भएको छ ।

यस्तै गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड ९२ लाख ६२ हजारको सेन्थेटिक यार्न निर्यात भएको छ ।

यस्तै १ अर्ब ४७ करोड ८ लाख ३७ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित