युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

एभरेष्ट माविमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम

बुटवल । बुटवल सुख्खानगरमा रहेका एभरेष्ट इङलिस माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययन गर्ने नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

विद्यालयको कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने करिब पाँच सय विद्यार्थीहरुलाई उच्च शिक्षाकालागि शुभकामना, सम्मान तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा परीक्षा ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले शिक्षामा उत्कृष्टता तथा सफलता हासिल गर्न निरन्तर मेहनत, अनुशासित र लगनशिल हुनु पर्ने बताए ।

उनले पछिल्लो समयमा सुचना र प्रविधिको बिकाससँगै विद्यार्थीहरुकालागि सिक्ने कुरामा अनुसन्धनात्मक र खोजमुलक ज्ञानको आवश्यकता पर्ने भएकाले सोही अनुसारको अध्यापन गराउन अध्यापकहरुलाई आग्रह गरे । उनले संस्थागत विद्यालयहरुबाट ठुलो शैक्षिक जनशक्ति उत्पादन भएको भन्दै एभरेष्ट माविको समेत प्रशंसा गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, एन प्याब्सनका केन्द्रीय उपमहासचिवद्वय कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, अभिभावक संघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन लुम्विनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्रहरी सहायक निरीक्षक खगेन्द्र पराजुली, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले उच्च शिक्षाकालागि अगाडी बढेका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिदै लगन, मेहनत र प्रतिवद्ध भएर आगामी शैक्षिक यात्राको शुरुवात गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

चेतना विकास फाउण्डेशनका कार्यकारी प्रमुख कलम शिलवालले सहजिकरण गर्नु भएको अभिमुखिकरण कार्यक्रममा विद्यार्थीको भविष्य निर्धारणकालागि अभिभावक, शिक्षक र विद्यार्थी स्वम्ले अपनाउनु पर्ने जुत्ती र दैनिक जीवनका क्रियाकलापका बारेमा जानकारी गराइएको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

विद्यालयको प्लस टु विज्ञान विषय संयोजक डा. शालिकग्राम भण्डारीको स्वागत तथा शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा विद्यालयबाट विभिन्न समयमा अध्ययन पुरा गरी सरकारी सेवामा लागेका, डाक्टर, इन्जिनियर तथा विभिन्न तहमा पुगेका पुर्व विद्यार्थीहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको विद्यालयका लेखा प्रमुख ठाकुर ज्ञवालीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित