तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

ग्रामीण विकास लघुवित्तको  मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन

 

काठमाडाैँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा गत असार २८ गते बुटवलमा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ। सभा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो।

सभामा संस्थापक तथा सर्वसाधारण समूह गरी ६३ जना शेयरधनीको ६२.७८ प्रतिशत शेयर प्रतिनिधित्व रहेको संस्थाले जनाएको छ। संस्थापक समूहबाट ४६ जना शेयरधनीले ६०।५५ प्रतिशत र सर्वसाधारण समूहबाट १७ जना शेयरधनीले २.२३ प्रतिशत शेयरको प्रतिनिधित्व गरेका थिए।

सभामा सञ्चालक समिति सदस्य, अर्थ मन्त्रालयका प्रतिनिधि, अन्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्ष कोइरालाले प्रस्तुत गरेका थिए भने शेयरधनीहरूका जिज्ञासा र सुझावहरूलाई प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले सम्बोधन गरेका थिए। सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै सभा सम्पन्न भएको जानकारी दिइएको छ।

तर सभापछि केही मिडियामा प्रकाशित समाचारप्रति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही मिडियाले “शेयरधनीलाई सभामा बोल्न दिइएन” भन्ने आरोप लगाएकोप्रति संस्थाले स्पष्ट पारी भनेको छ, “शेयरधनीले आफ्नो शेयर प्रमाण वा परिचयपत्र नल्याएको अवस्थामा मात्र सहभागी हुन नपाइने व्यवस्था सूचनामै उल्लेख गरिएको थियो।”

यसैबिच मर्जर प्रक्रिया सम्बन्धी उठेका विवादप्रति संस्थाले खण्डन गरेको छ। ग्रामीण विकास र समाज लघुवित्तबिचको मर्जर विगत नवौं साधारण सभाको निर्णयअनुसार अगाडि बढाइएको र नेपाल राष्ट्र बैंकबाट पनि प्रारम्भिक स्वीकृति प्राप्त भइसकेको संस्थाको भनाइ छ।

संस्थाले मर्जरसम्बन्धी प्रक्रिया तीनै युनियनसँग समन्वयमा अघि बढाइएको र लेखापरीक्षकको विस्तृत प्रतिवेदनका आधारमा भएको स्पष्ट पारेको छ। कतिपय युनियनले पाँच महिना अघि नै डीडीए स्वीकार गरिसकेको अवस्थामा अन्तिम समयमा आएर विरोध गर्नु पूर्वनियोजित भएको ठहर संस्थाको छ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले सेवा अवधि बढाउन मर्जरको प्रक्रिया अघि बढाइएको भन्ने आरोपलाई पनि संस्थाले खारेज गरेको छ। कटुवालको सेवा अवधि अझै बाँकी रहेको र मर्जरको विषय नियामक निकायको नीतिअनुसार भएकाले यस्तो आरोप आधारहीन रहेको बताइएको छ।

संस्थाले मर्जरपछिको लाभ उल्लेख गर्दै पूँजी वृद्धि, लागत घटाउने, ऋण सीमा विस्तार, कर छुट जस्ता सुविधा शेयरधनी र सदस्यहरूलाई हुने उल्लेख गरेको छ। संस्थाले सबै शेयरधनीप्रति आभार व्यक्त गर्दै तथ्यहीन प्रचारप्रति खेद व्यक्त गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित