तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई योजना हस्तान्तरण

बुटवल । फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई योजना हस्तान्तरण गरिएको छ ।

मंगलबार खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीले सम्पन्न भएको ५ करोड ५७ लाखको योजना हस्तान्तरण गरेको हो । आयोजनाबाट बुटवल उपमहानगरपालिका वडा नम्बर २ का ५ हजार ८०४ घरधुरी लाभान्वित हुने भएका छन ।

सो अवसरमा बोल्दै खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीका प्रमुख राजकुमार चौधरीले पानीका स्रोतहरु संरक्षण जरुरी रहेको बताए । उनले पछिल्लो समय पानीको मूलहरु सुक्दै गइरहेको बताउदै त्यसप्रति सबैको चासो आवश्यक रहेको बताए । चौधरीले माग आधारमा योजना आपूर्ति हुन नसकेको समेत बताए ।

कार्यक्रममा फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हिकबहादुर दर्लामी मगरले आफू खानेपानीको क्षेत्रमा नयाँ भएको बताउदै उपभोक्तालाई सहज रुपमा पानी पुयाउने गरी काम गर्ने बताए । खानेपानीको सचिव चेत ठाडामगरले सुद्ध पिउने पानी अहिले उपभोक्ताको आवश्यकता रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित