रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

सशक्त बचत तथा ऋण सहकारीकाे बुटवलमा रक्तदान कार्यक्रम

बुटवल । बुटवलस्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले आफ्नो १७ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिल्लामामा रक्तदान गर्ने चलन बढदो रहे पनि अझै अझै पनि रक्तदान गर्ने सस्कृति बढदै जानुपर्ने बताए । यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीले विभिन्न सामाजिक उत्तरदायित्व अन्तगर्त रक्तदान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिँदै आएको बताए । उनले स्वस्थ्य व्यक्तिले हरेक तीन–तीन महिनामा रक्तदान गरे कुनै पनि बिरामीले रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए । सहकारी आर्थिक र सदस्यको हिवासले बलिरहेको रहेको बताए ।

सो अवसरमा ६० युनिट रगत संकलन भएको थियो ।

कार्यक्रम संयोजक कृष्ण पौडेलले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमलाई निरन्तरा दिने बताए । उनले सहकारी र रक्तदाताबीच अनोन्याश्रीत सम्बन्ध रहेको बताए ।

सहकारीमा हाटबजारमा व्यवसाय गर्ने ९० प्रतिशत सदस्यहरु रहेका छन । सहकारीमा ९०० भन्दा बढी शेयर सदस्य रहेका छन । यसैबीच सहकारीले मंगलबार साझ मानवसेवा आश्रममा आश्रितहरुलाई खाना समेत खुवाएको छ । कार्यक्रमको सञ्चालन सहकारी सचिव इश्वरी प्रसाद पोखरेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित