तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ ।

मिति २०७८ असार २८ गते दशौं वार्षिक साधारण सभा संस्थाका सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाबीच सम्पन्न मर्जर भौतिक तथा भर्चुअल माध्यममार्फत शेयरधनीको ६२.७८% उपस्थितिमा भएको हुदा वैधानिक र पारदर्शी भएको स्पष्ट पारेको हो ।

मर्जर प्रक्रिया सम्बन्धीमा संस्थाले तीनवटै ट्रेड युनियन प्रतिनिधिहरुसँग लामो छलफल पछि नेपाल राष्ट्र बैंकमा मर्जर प्रस्ताव पेश गरेको र त्यसपछि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको उल्लेख छ । यसपछि लेखापरीक्षकमार्फत विस्तृत आर्थिक अध्ययन तयार गरी साधारण सभामा पारित गरिएको विज्ञप्तीमा लेखिएको छ ।

यसबीच केही सञ्चारमाध्यम र केही व्यक्तिहरुले सामाजिक संजालमा मर्जर प्रक्रिया र नेतृत्वको भूमिका बदनाम गर्ने ढंगले अप्रामाणिक सूचना प्रकाशन गरेकोप्रति खण्डन गर्दै संस्थाको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । संस्थाले आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित आएका सबै शेयरधनीलाई सहभागिता गराइएको दाबी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतको कार्यकाल विस्तार गर्न मर्जर गरिएको भन्ने भ्रामक आरोप अस्वीकार गर्दै संस्थाले कटुवालको सेवा अवधि अझै बाँकी रहेको र राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ ।

मर्जरबाट भविष्यमा पूंजी, कर्जा लगानीको दायरा, सदस्य लाभ, कर छुट लगायतका क्षेत्रमा सकारात्मक असर पर्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तीमा लेखिएको छ । साथै, ग्रामीण र समाज लघुवित्तबीच हुने मर्जरले संस्थागत मजबुती आउने उल्लेख गरिएको छ ।

यसैगरि यो आर्थिक वर्ष नेपाल सरकारको बजेट बक्त्ब्यबाट संस्थालाई २ अरब रुपैया सहुलियत दरको कर्जाको समेत ब्यवस्था गरिएको छ ।

यस्तो छ  प्रेस विज्ञप्ती
gramin bikas bank press relase

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित