निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न

बुटवल ।  लायन्स क्लब अफ बुटवल क्षितिजको नवौ चार्टर नाइट तथा अवार्ड सेरेमोनी बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ।

वर्ष २०२४ २५ को कार्यकालको लागि गरिएको उक्त चार्टर नाइट तथा अवार्ड सेरेमोनी लायन्स क्लब अफ बुटवल क्षितिज लायन बर्ष २०२५/ २६ का अध्यक्ष डाक्टर श्री खरेलको अध्यक्षता, लायन्स डिस्ट्रिक्ट ३२५ पी का आइपि डीजी पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता, लायन वर्ष २०२५ /२६ का फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधन द्वितीय गभर्नर मिना पन्थी , पास्ट डिस्ट्रिक्ट गभर्नर अर्जुनमान सैजुको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे ।

कार्यक्रममा डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी एमएल पाण्डे क्याबिनेट ट्रेजरर संगम न्यौपाने, सेक्रेटरियल एडभाइजर माधव खनाल , फाइनान्सियल एडभाइजर प्रकाश कुमार श्रेष्ठ, लायन्स क्लब अफ बुटवल क्षितिजका संस्थापक अध्यक्ष राजीव श्रेष्ठ , सिनियर डिस्ट्रिक्ट एडभाइजर शान्ति पाठक पाण्डे, लायन्स क्लब अफ बुटवल क्षितिजका पूर्व अध्यक्षहरू एवं डिस्ट्रिक्टका पदाधिकारीहरु क्रमश मिलन कुमार पुन ,शंकर पाण्डे, नारायण थापा ,लोकेन्द्र लिम्बु, फवन लाकौल ध्रुवकुमार शर्मा एरिया ०३ का एरिया चिफ कृष्णप्रसाद पाण्डे लगायत लायन्स डिस्ट्रिक्ट ३२५ पी का विभिन्न पदमा रहने डिस्ट्रिक्टका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो।

चार्टर्ड नाइट तथा अवार्ड सेरेमोनी कार्यक्रममा वर्ष २०२४ /२५ का अध्यक्ष आविष्कार खनालले आफ्नो कार्यकालमा विभिन्न भूमिकामा रहेर सहयोग गर्ने क्लबका संस्थापक अध्यक्ष पूर्व अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू , लियो क्लब अफ बुटवल क्षितिजका अध्यक्ष वर्ष काफ्ले सचिव स्वेच्छा ज्ञवालि उपाध्यक्ष पृथ्वी पाण्डे लगायतका लियोहरू एवं लायन्स डिस्ट्रिक्टका पदाधिकारीहरू, विभिन्न व्यक्ति एवं संघसंस्थालाई मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

साथै आफ्नो कार्यकालमा उत्कृष्ट रूपमा सहयोग पुर्‍याउने क्लबका पूर्व अध्यक्ष लोकेन्द्र लिम्बू , प्रथम उपाध्यक्ष डा. श्री खरेल, तृतीय उपाध्यक्ष गुप्त पुन ,सचिव प्रदीप गुप्ता र सागर पाँडेलाई उत्कृष्ट लायनको रूपमा अवार्ड प्रदान गरे ।

सो अबसरमा वर्ष २०२४-२५ को कार्यकाल समेटेर तयार गरेको क्लब डाइरेक्ट्री “क्षितिज स्मारिका” को पनि विमोचन गरिएको थियो । सोही समारोहमा वर्ष २४/ २५ का अध्यक्ष खनालले आफ्नो कार्यकालको अन्त्यसँगै बुटवल उपमहानगरपालिका वडा नम्बर १४ विनायकपुर रुपन्देहीमा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार तीनजना विद्यार्थीहरू पूजा थारु ,तिर्सना चौधरी र आयुष भुसाललाई जनही रु ३००० का दरले छात्रवृद्धि बापत चेक हस्तान्तरण गरिएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीसँगै विद्यालयका प्रधानाध्यापक शिवा पोख्रेलको समेत उपस्थिति रहेको थियो। उक्त समारोहमा बोल्दै क्लबका नवनियुक्त अध्यक्ष डा. श्री खरेलले आफ्नो आफ्नो कार्यकालको कार्ययोजनाबारे जानकारी गराए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आइपीडिजी पुरुषोत्तम भक्त प्रधानाङ्गले आविष्कार खनालको नेतृत्वमा लायन वर्ष २०२४ २५ मा लायन्स क्लब अफ बुटवल क्षितिजले थुप्रै महत्वपूर्ण र रचनात्मक कार्यहरू गर्दै लायन्स क्लब अफ बुटवल क्षितिजलाई डिस्ट्रिक्टमा बलियो क्लबको रूपमा स्थापित र परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

बर्ष २०२५/ २६ को कार्यकालको लागि अध्यक्ष डा.श्री खरेल नेतृत्वको टिमलाई पनि सफलताको शुभकामना प्रदान गरे । क्लबका प्रथम उपाध्यक्ष उदयबहादुर खत्रीको स्वागत, संस्थापक अध्यक्ष राजीव श्रेष्ठको शुभकामना र द्वितीय उपाध्यक्ष गुप्त पुनको झन्डाको अभिवादन रहेको उक्त कार्यक्रमको सञ्चालन वर्ष २०२४ /२५ का सचिव प्रदिप गुप्ताले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित