तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार बुटवलमा भएको परिषद बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा भट्टराई अधिकारीलाई चयन गरिएको छ ।

९ सदस्यीय कार्यसमितिमा २ जना सदस्य कार्यसमिति बैठकले मनोनयन गर्नेछ । सोही परिषद बैठकले नवनिर्वाचित कार्यसमितिका संयोजक भण्डारी र सचिव रेग्मीलाई प्रदेश प्रतिनीधिमा चयन गरिएको छ ।

समुहका संयोजक कविन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व संयोजक तथा पूर्व केन्द्रीय महासचिव करुण खनाल, सल्लाहकार पूर्व संयोजक वरिष्ठ अधिवक्ता शालिकराम वञ्जाडे, बार काउन्सिलका पूर्व काउन्सिलर अधिवक्ता बाबुराम पाण्डे, बुटवल बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख जीवनारायण अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित