कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लायन्स, लियोद्वारा संयुक्त रुपमा ५०० वर्गमिटर क्षेत्रफलमा वृक्षारोपण

बुटवल । लायन्स क्लब अफ बुटवल मेट्रोसिटी र लियो क्लब अफ बुटवल मेट्रोसिटीद्वारा संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । बुटवल ११ स्थित धुर्वनगर मजुवामा करिब ५०० वर्गमिटर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा लायन्स कलब अफ बुटवल मेट्रोसिटीका अध्यक्ष दिवाकर पौडेल र लियो क्लब अफ बुटवल मेट्रोका अध्यक्ष जिडी शिखरले गरेका थिए भने सन्चालन सचिब सन्जिव सुनारले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एरिया ३ चिफ कृष्ण प्रसाद पाण्डे , टोल विकास समितिका अध्यक्ष भरत अधिकारी, क्लबका संस्थापक अध्यक्ष बिनोद सुवेदी पूर्व अध्यक्षहरु उमानाथ अधिकारी, नवराज बन्जाडे, राम बेल्बासे, इ.गोबिन्द लामिछाने, निवर्तमान अध्यक्ष गोपाल खरेल, लियो क्लबका संस्थापक अध्यक्ष मनोज गौतम, कलबका पदाधिकारी एवम सदस्यहरू, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सयोजन रेशम बस्यालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित