भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

इन्द्रेणी सहकारीलाई उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार प्रदान

 

बुटवल। बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी महासंघबाट प्राप्त गरेको उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार २०८१ को खुशीयालीमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

१०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा इन्द्रेणी बहुउद्देश्यीय सहकारीले उक्त पुरस्कार प्राप्त गरेको थियो ।

उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार प्राप्त गरेको अवसरमा सहकारी अभियन्ता, सहकारीकर्मी, सहकारीका शेयर सदस्य तथा कर्मचारीहरुका बिचमा बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको लेखा सुरपरिवेक्षण समितिका संयोजक भिमप्रसाद तुलाचनले कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरु नीति र बिधि अनुसार संचालन हुनु पर्ने बताए ।

उनले सहकारी ऐन, नीति र बिधि विना संचालन भएका सहकारीहरुमा पारदर्शिता र सुशासनमा प्रश्न उठ्ने गरेका कारण सहकारी सिद्धान्त अनुसारनै सहकारी संचालन हुनु पर्ने बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुनाखर खनालले सहकारीलाई उत्पादन र ब्यवसाय उन्मुख क्रियाकलापमा सक्रिय बनाउनु पर्ने  बताए । उनले पछिल्लो समय सहकारी माथी नकारात्मक टिप्पणीहरु उठि रहेको अवस्थामा इन्द्रेणी सहकारी लुम्विनी प्रदेशभरीबाट पहिलो बन्दै उत्कृष्ट पुरस्कार प्राप्त गरेकोमा अन्य सहकारीकालागि सिकाइको विषय भएको उल्लेख गरे ।

सहकारीका सचिव नरबहादुर रजालीको संचालनमा भएको कार्यक्रममा बुटवल वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष डोलप्रसाद अर्याल, इन्द्रेणीका निवर्तमान अध्यक्ष धुर्वकुमार धिताल, सल्लाहकार मोहन भण्डारी, कानुनी सल्लाहकार जिवनारायण अधिकारी, लेखा संयोजक दलबहादुर थापा, उपाध्यक्ष माया गौतमलगायतले सहकारीहरुमाथी नकारात्मक टिप्पणीसँगै जोखिम बढ्दै गएको अवस्थामा इन्द्रेणीले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार प्राप्त गर्नु सुखद् विषय भएको उल्लेख गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

दुई हजारबढी शेयर सदस्य रहेको इन्द्रेणीको शेयर १० करोड ४५ लाख, बचत ४० करोड, कर्जा लगानी ४२ करोड र वित्तीय लगानी ६१ लाख रहेको कोषाध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।

संस्थाले कार्यालय भवनमा इभी चार्जिङ्ग स्टेशन, दुध तथा दुग्धजन्य पदार्थको विक्रि कक्ष र आफ्नै भवनमा खाजा घर संचालन गर्दै आएको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए। सहकारीले उत्कृष्ट ब्यवसाय गरेको भन्दै असार २१ गते राष्ट्रिय सहकारी महासंघ लिमिटेडबाट लुम्बिनी प्रदेशभरीबाट उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार २०८१ प्राप्त गरेको हो ।

गत वर्ष छनोटमा परेको पुरस्कार गत शनिबार परेको अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा इन्द्रेणी सहकारीलाई प्रदान गरिएका अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित