रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

राप्रपा उपाध्यक्षबाट राजीनामा दिएका अजय गुप्ताले रुपन्देही ३ को चुनावका लागि गरे उम्मेदारी घोषणा

रुपन्देहीमा उपनिर्वाचनको माहोल तातिँदै गएको छ । पछिल्लो समय दलहरुले उपयुक्त उम्मेदवारको खोजी गरिरहँदा स्वतन्त्र युवाहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

बिहीबार मात्रै भैरहवामा पत्रकार सम्मेलन गरी स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए । उनले क्षेत्र नम्बर ३ ले स्थानीय नेता नपाउँदा जनता र क्षेत्रको समस्या जहाँकोतही रहेको बताए । विगतमा यहाँबाट निर्वाचितहरु क्षेत्रमा नआउने, जनताका समस्या नसुन्ने, सम्भावना भएको यो ठाउँलाई बेवास्ता गर्ने काम हुँदै आएकाले यसपटक आफूलाई योग्य ठानेर उम्मेदवार बनेको जनाए ।

आफूले अहिले उम्मेदवारी घोषणा गरेको तर भोलिका दिनमा अन्य दल तथा समूहसँग सहकार्य हुन सक्ने गुप्ताले बताए । गुप्ताले गत बैशाखमा मात्रै राप्राप रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएर स्वतन्त्ररुपमा आफ्नो राजनीतिक गतिविधि बढाउँदै आएका थिए ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि क्षेत्रमा यसअघि बुटवलका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । गुप्ताले आफू राजनीतिक चेत भएको व्यक्ति भएकाले सबैसँगको सहकार्य, सहमती र सहअस्तित्वलाई स्वीकार्दै अघि बढ्ने गुप्ताले जनाए । उम्मेदवारीसँगै गुप्ताले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् । ‘अबको नेतृत्व रैथाने’ भन्दै गुप्ताले ६ वटा बुँदामा आफूले अघि सार्ने एजेण्डा तय गरी सार्वजनिक गरेका हुन् ।

जसअनुसार पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरु गर्न पहल गर्ने उनले बताए । यस्तै, कृषितर्फ कृषकको आर्थिक सुधारका लागि मल, बीउ एवं सिंचाईका लागि सुविधा र उत्पादित सामाग्रीहरुको बजारीकरण गर्ने उनले योजना अघि सारेका छन् ।

यसैगरी उद्योगतर्फ उद्योगी–व्यवसायीहरुले हाल भोगिरहेको समस्याहरु समाधान लागि उच्च प्राथमिकता दिने उनको भनाई छ । गुप्ताले गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि नै समाधानको पहल गर्ने, जिल्लामा उत्पादित सम्पूर्ण सामाग्रीहरुलाई विश्वबजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी गर्ने जनाए ।

यस्तै, अन्तर्राष्ट्रियरुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्रविस्तार गरी उपमहानगर बनाउन पहल गर्ने र समानुपातिक रुपमा क्षेत्रको विकास गर्ने बताए । सिद्धार्थनगर–३ निवासी ४३ वर्षीया गुप्ता बौद्धिक युवाका रुपमा गनिन्छन् । उनले विद्यार्थीकालबाटै विभिन्न पार्टीका कमिटीहरुमा रहेर काम गरेका छन् भने सफल युवा उद्योगी समेत हुन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित