तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जन्मदिनको अवसरमा विवेकले गरे शैक्षिक एवं खेलकूद सामग्री वितरण

युवाहरुको सामाजिक एवम् स्वयमसेवी संस्था नमस्ते नेपालको प्रदेश समिति सदस्य विवेक खत्रीले जन्मदिनको पावन अवसरमा संस्थाले शैक्षिक एवम् खेलकूद सामग्री वितरण गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ मा रहेको कोटहीमाई मिसुजु आधारभूत विद्यालयलाई शैक्षिक एवम् खेलकूद सामग्री वितरण गरेका हुन । उक्त कार्यक्रमममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षाविज्ञ दलबहादुर गुरुङले फूटवल, भलिवल, क्यारेमबोर्ड, लूडो, क्रिकेट, ब्याटमिन्टन, सिसाकलम एवम् पेन्सिल कटर लगायतका सामग्री विद्यालय र विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले जन्मदिनका अवसरमा गरिने फजुल खर्चको तुलनामा यस्तो पवित्र कर्ममा सहयोग गर्नु उदाहरणीय कार्य भएको बताउदै विवेक खत्री धन्यवादको पात्र बनेको उल्लेख गरे।

उनले नमस्ते नेपालले सामाजिक र शैक्षिक जागरणका लागि खेलकूद तथा शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीको स्वास्थ्य, शारीरिक र शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गरेको समेत बताए।


नमस्ते नेपालले आफ्ना सदस्यहरुको जन्मदिनमा वृक्षरोपण गर्दै आएतापनि यसपटक विवेक खत्रीको जन्मदिनमा परदेशबाट पठाई दिनु भएको आर्थिक सहयोगबाट शैक्षिक एवम् खेलकूद सामग्री खरिद गरि वितरण गरिएको संस्थाका अध्यक्ष मनीष भुसालले जानकारी दिए ।

सो कार्यक्रममा विद्यालयका प्रअ आत्मराम कोईराला, नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय कोषाध्षक्ष बरदान आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष जीवन पाण्डेय र राजनलगायतले नमस्ते नेपाल युवाहरुको सामाजिक एवम् स्वयमसेवी संस्था भएकाले निरन्तर प्रगतिशील कार्यहरु गर्दै जाने बताए ।

थारु समुदायका विद्यार्थीको वाहुल्यता रहेको र कक्षा पाँसम्म सञ्चालित उक्त विद्यालयमा यस शैक्षिक सत्रमा १ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । २०५३ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७१ सालदेखि अङ्ग्रेजी माध्यमबाट कक्षा सुरु गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित