कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लेखनाथ गैरेले गरे रुपन्देही- ३ को उपचुनावमा उम्मेदवारी घोषणा

आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

जनताको भावनाको आत्मसम्मानसहित देशको आवश्यकता र कर्तव्य बोधबाट प्रेरित भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेको गैरेले आइतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

विभिन्न सामाजिक संघसंस्थामा रहेको काम गर्दै आएका उनले भ्रष्टाचाररहित समाज निर्माण गर्दै देशमा शिक्षा, स्वास्थ्य र विकासका एजेन्डा आफ्नो चुनाव जित्ने आधार रहेको दाबी गरे । उनी बुटवल उपमहानगरपालिका-१९ निवासी हुन् ।

‘म कुनै राजनीतिक दल निकट होइन’, उनले भने, ‘अहिलेको माग र आवश्यकता स्वतन्त्र हो । त्यही भएर चुनावी मैदानमा उत्रिएको छु । रुपन्देही क्षेत्र नम्बर ३ का नागरिकले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’

निर्वाचन आयोगले रुपन्देहीमा उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै जिल्लामा चुनावी सरगर्मी शुरू भएको छ । २०७९ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । ‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

यहाँ हुने उपचुनावमा नेपाली कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण, एमालेबाट खिमलाल भट्टराई, राप्रपाबाट दीपक बोहोराका छोराहरू प्रज्ज्वल र गौरव बोहोरा पनि आकांक्षाी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित