तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लेखनाथ गैरेले गरे रुपन्देही- ३ को उपचुनावमा उम्मेदवारी घोषणा

आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

जनताको भावनाको आत्मसम्मानसहित देशको आवश्यकता र कर्तव्य बोधबाट प्रेरित भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेको गैरेले आइतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

विभिन्न सामाजिक संघसंस्थामा रहेको काम गर्दै आएका उनले भ्रष्टाचाररहित समाज निर्माण गर्दै देशमा शिक्षा, स्वास्थ्य र विकासका एजेन्डा आफ्नो चुनाव जित्ने आधार रहेको दाबी गरे । उनी बुटवल उपमहानगरपालिका-१९ निवासी हुन् ।

‘म कुनै राजनीतिक दल निकट होइन’, उनले भने, ‘अहिलेको माग र आवश्यकता स्वतन्त्र हो । त्यही भएर चुनावी मैदानमा उत्रिएको छु । रुपन्देही क्षेत्र नम्बर ३ का नागरिकले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’

निर्वाचन आयोगले रुपन्देहीमा उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै जिल्लामा चुनावी सरगर्मी शुरू भएको छ । २०७९ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । ‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

यहाँ हुने उपचुनावमा नेपाली कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण, एमालेबाट खिमलाल भट्टराई, राप्रपाबाट दीपक बोहोराका छोराहरू प्रज्ज्वल र गौरव बोहोरा पनि आकांक्षाी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित